• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » कांग्रेसलाई सरकार दिन एमाले र एमाओवादी सहमत
कांग्रेसलाई सरकार दिन एमाले र एमाओवादी सहमत

काठमाडौ, २१ पुस । संविधानसभाको दोस्रो ठूलो दल नेकपा एमाले र तेस्रो दल एमाओवादी दुवै दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

दुवै दलका शिर्ष नेता सहभागी शान्तिकोषको सचिवालय बबरमहलमा आइतबार बसेको बैठकले विभिन्न विवाद र असमझादारीकाबीच पनि पहिलो ठूलो दल कांग्रेसको नेतृत्वमा आगामी सरकार बन्नुपर्नेमा सहमति जनाएका हुन् ।

र्
बैठकमा दुवै दल अब सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ भन्नेमा सहमत भएका छौं, बैठकपछि एमाओवादी बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने, हामी प्रतिपक्षमा बस्छौं । तपाईहरु र कांग्रेस मिलेर सरकार बनाउनुस् भनेका छौं ।’

कांग्रेसले सरकार निर्माणको विषयमा अग्रसरता लिन सुरु गरेसगै दुई वाम पार्टीबीचको यो भेटवार्तालाई निक्कै महत्वका साथ हेरिएको छ । एमाले र एमामाओवादी मिलेर सरकार गठन गर्ने तयारी भईरहेको बताइएपनि नेता श्रेष्ठले भने बैठकमा आफूहरु प्रतिपक्षमा बस्ने स्पष्ट पारेको बताए ।

बैठकमा संविधानसभाको पहिलो बैठक कसले बोलाउने, संविधान निर्माण प्रक्रिया, सरकार गठन तथा राष्ट्रपति लगायतका विषयमा पनि छलफल भएको थियो । बैठकमा एमालेले नया जनादेश अनुसार राष्ट्रपतिको परिवर्तन हुनुपर्ने माग राखेको थियो । संविधानसभाका बैठक आह्वान कसले कगर्न भन्ने विवाद टुंग्याउदा राष्ट्रपतिको चुनावबारे पनि टुंगो लगाउनुपर्ने एमालेमा माग थियो । प्रतिउत्तरमा एमाओवादीले भने यो विषयमा पार्टीको बैठक बसेर मात्रै निर्णय निकाल्ने जनाएको छ ।

दुई दलबीच संविधानसभाको पहिलो बैठक कसले बोलाउने भन्ने विषयमा पनि छलफल भएको थियो । यो विषय सर्वोच्च अदालतमा विचाराधिन रहेकाले कुनै निष्कर्ष भने ननिकालिएको एमाओवादी नेता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: January 05, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
गृह पृष्ठ |