• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » काठमाडौं अब २४ सैं घण्टा खुल्ला
काठमाडौं अब २४ सैं घण्टा खुल्ला

पुस २२ । राति ११ बजेपछि उपत्यकाका होटल, रेस्टुराँ, डान्सबार डिस्कोलगायत रात्रि व्यवसाय सञ्चालनमा लाग्दै आएको सीमा हटाएर सरकारले चौबिसै घण्टा खोल्न पाउने नयाँ व्यवस्था ल्याउने तयारी गरेको छ ।सरकारको यस्तो तयारीसँगै रात्रिकालीन व्यावसाय सञ्चालनमा लगाउँदै आएको समयसीमा हट्ने भएको हो ।

स्थानीय प्रशासन, प्रहरी, होटल, रेस्टुराँ तथा पर्यटन व्यवसायीहरु रात्रिकालीन व्यवसायलाई मर्यादित र व्यवस्थित रुपमा चौबीसै घण्टा सुचारु गर्न सहमत भएको कारोबार खबर छ ।

रात्रि व्यवसाय सञ्चालनका नाममा सामाजिक तथा संगठित अपराध, विकृति, विसंगति बढेको भन्दै तत्कालीन सरकारले ०६५ असोजमा राति ११ बजेपछि होटल, रेस्टुराँ तथा डान्स बार सञ्चालनमा रोक लगाएको थियो । त्यसपछि काठमाडौं प्रहरी प्रमुख भएर आएका अधिकारीहरुले ‘आर्थिक चलखेल’ र आफूअनुकुल सुरक्षा योजना ल्याएका कारण पनि व्यवसायीले हैरानी खेप्दै आएका थिए ।

प्रकाशित मिति: January 06, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
गृह पृष्ठ |