• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » तीस किलो चामल किन्न पाँच दिन पैदल
तीस किलो चामल किन्न पाँच दिन पैदल

पुस २२ । बाजुरा बिच्छँयाका बिर्खबहादुर भण्डारीले पाँच दिन पैदल हिँडेर एक दिन लाममा  बसेर बल्ल घरमा ३० किलो मात्र  चामल ल्याए ।

नेपाल खाद्य संस्थानको डिपो रहेको कोल्टी पुग्न बिच्छँयाका बासिन्दालाई दुई दिन लाग्छ भने फर्किन पनि दुई दिन नै लाग्छ । बीचमा एक दिन लाममा बसेर किन्नुपर्छ।

‘यति दुःख गर्दा पनि भनेजति पाइँदैन्,’ भण्डारीले भने।बाजुरामा खाद्यान्न अभाव सुरु भएपछि खाद्य संस्थानको डिपोमा भीड बढेको छ। साताको एक दिन आइतबारमात्र संस्थानले प्रतिपरिवार ३० किलोका दरले चामल बेच्छ। किन्ने भन्दा बढी पैसा आउँदाजाँदा खर्च हुने भण्डारीले बताए।

नेपाल खाद्य संस्थान बाजुरा शाखाका डिपो प्रमुख मेघनाथ ओझाले बिच्छँया र रुगिन गाविसका लागि कोल्टी निकै टाढा भएको स्वीकार गरे। कवाडीमा डिपो राख्न पटकपटक लेखेर पठायौं, पहल गर्‍यौं तर सरकारले कुरा सुनिदिँदैनु, उनले भने।

बिच्छँया गाविस सदरमुकाम मार्तडीबाट ४० कोस टाढा छ। बिच्छँयाका बासिन्दा आफूहरू राज्यबाट उपेक्षित भएको बताउँछन्। यो क्षेत्र शिक्षा, स्वास्थ्यलगायतका सेवाबाट वञ्चित रहेको अन्नपुर्णपोष्टमा खबर छ । 

प्रकाशित मिति: January 06, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
गृह पृष्ठ |