• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » राउटेका बालबालिकाले पोलियो थोपा खान मानेनन्
राउटेका बालबालिकाले पोलियो थोपा खान मानेनन्

पुस २८ । सुर्खेतको साटाखानीमा विगत दुई महिनादेखि अस्थायी रुपमा बस्दै आएका राउटेका बालबालिकाले पोलियो थोपा खान मानेनन् ।

 जिल्ला स्वास्थ्य कार्यालयको पहिलो प्रयास र विश्व स्वास्थ्य सङ्गठनको पुनः प्रयासपछि पनि राउटे मुखियाहरुले पोलियो थोपा खुवाउन नमानेपछि बालबालिका पोलियो थोपा खानबाट वञ्चित भएका छन् ।

 सदरमुकाम वीरेन्द्रनगरबाट शनिबार राउटे बस्तीमा पुगेको विश्व स्वास्थ्य सङ्गठनको टोलीलाई राउटेहरुले आफ्ना बालबालिकालाई पोलियो थोपा नख्वाएरै फर्काइदिएका छन् ।


नेपालबाट पोलियो उन्मूलन गर्ने उद्देश्यका साथ नेपाल सरकारले पोलियो थोपा खुवाउने अभियानमा  राउटे बालबालिकालाई पनि पोलियो थोपा खुवाउने प्रयास गरिएको थियो ।( रासस)



प्रकाशित मिति: January 12, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |