• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » सभापति पद उधारो बन्दकी राखेर प्रधानमन्त्री बन्ने कसरतमा सुशिल कोइराला
सभापति पद उधारो बन्दकी राखेर प्रधानमन्त्री बन्ने कसरतमा सुशिल कोइराला

माघ १ । चुनावपछि पहिलो ठूलो दल बनेको नेपाली कांग्रेसका सभापति सुशिल कोइरालालाई बाह्य शक्ति तथा पार्टी भित्रैका नेताहरुद्धारा प्रधानमन्त्री बन्न अवरोध भएपछि सभापति उधारो बन्दकी राखेर प्रधानमन्त्री बन्ने कोसिसमा लागेका छन् ।

बाह्य शक्तिमा विशेष गरी भारतले कोइरालालाई प्रधानमन्त्री नरुचाएको तथा पार्टी भित्र पनि उनलाई प्रधानमन्त्री बन्न नदिन बरिष्ठ नेता शेर बहादुर देउवा र पार्टी उपसभापति रामचन्द्र पौडेल लागेपछि उनी अर्को वर्ष हुने पार्टीको १३ औं महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने भन्दै प्रधानमन्त्रीका लागि आफू सर्वसम्मतका लागि कसरत थालेका हुन् ।

पार्टीभित्रै प्रधानमन्त्री को हुने भन्ने विवाद चर्किंदा नकारात्मक सन्देश जाने भएकाले सर्वसम्मतिका लागि नेतृत्व हस्तान्तरण गर्ने नयाँ प्रस्ताव अघि सार्ने निष्कर्षका साथ कोइराला अघि बढेका छन् ।

कांग्रेसमा तीनै जना नेता प्रधानमन्त्रीको आकांक्षी देखिएका छन् तर देउवाले आगामी महाधिवेशनमा कोइरालाले आफूलाई सघाए प्रधानमन्त्रीका लागि आफूले पनि सहयोग गर्ने संकेत गरेका छन्।
कोइराला संविधानसभा पहिलो बैठकअघि नै संसदीय दलको नेता चयनमा देखिएको विवाद टुंग्याउनका लागि सक्दो कसरतमा लागेको उनी निकट नेताहरु बताउँछन् ।                                                                                

प्रकाशित मिति: January 15, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |