• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » तौलिहवामा पान बेच्दाबेच्दै 'श्रीकान्ती' बनिन् सभासद्
तौलिहवामा पान बेच्दाबेच्दै 'श्रीकान्ती' बनिन् सभासद्

माघ १ । कपिलवस्तुकी श्रीकान्ती पासीले अहिलेसम्म काठमाडौं टेकेका छैनन् । तर उनी काठमाडौं आउन तामझाममा छन् ।

पान पसल राखेर पान बेच्दै आएका उनी व्यापारका लागि भन्दा संविधान बनाउन काठमाडौं आउन लागेका हुन् ।
एकसाता अघिसम्म तौलिहवास्थित पसलमा पान बेच्दै आएका उनी पान बेच्दाबेच्दै नै सभासद् बनेका हुन् ।

सभासद हुँला भन्ने कल्पनासमेत गरेकी थिइँन, अब भइयो, सपथ खान र कोठा खोज्न अलिक छिटो जानुपर्यो राप्रपा नेपालको तर्फबाट समानुपातिक सभासदमा चयन भएकी पासीले भनिन् ।

दुई दशकदेखि एकल जीवन बिताउँदै आएकी ३८ वर्षीया पासी आफूले जीवनमै नसोचेको स्थान पाएको बताउँछिन् । म सभासद भएकोमा आफैं दङ्ग छु ।
कक्षा ३ सम्म पढेकी उनी मंगलबार पनि गुइँठा बनाउन गोबर मुछ्दै थिइन् । सानैमा आमा र बुबा गुमाएकी पासीले २५ वर्षदेखि एकल जीवन बिताइरहेकी छन् । १२ वर्षको उमेरमा निग्लिहवा बिर्ता गाउँका रजिस्टर पासीसँग भएको वैवाहि सम्वन्ध टुटेपछि उनी भाउजू सिर्पातीको घरमा बस्दै आएकी छन् ।

१० वर्षअघि देखि राप्रपासँग आवद्द उनी राप्रपा नेपाल गठन भएपछि त्यही पार्टीमा सकृय छिन् । संविधानसभा चुनावका क्रममा उनी पान पसलै बन्द गरेर राप्रपा नेपालको चुनावी प्रचारमा होमिएकी थिइन् ।

प्रकाशित मिति: January 15, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |