• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » सरकारमा जाउँ भन्ने र नजाउँ भन्नेबीच एमाओवादीमा शितयुद्ध
सरकारमा जाउँ भन्ने र नजाउँ भन्नेबीच एमाओवादीमा शितयुद्ध

पुस २७ । एमाओवादी भित्र सरकारमा सहभागी हुने या नहुने भन्ने विषयको विवाद पनि सतहमा आएको छ ।
समानुपातिक सभासद् छनौटका क्रममा उब्जिएको विवाद साम्य भई नसकेको अवस्थामा सरकारमा जानुपर्छ भन्ने एकथरी र सरकार बाहिर रहनु पर्छ भन्ने अर्को थरीको विवाद एमाओवादीमा शितयुद्धका रुपमा बढ्दै गएको छ ।

अध्यक्ष पुष्पकमल दाहालले केही समय अगाडी सरकारमा जान खुल्ला छौं भनेर सरकार जाने विषयमा बार्गेनिङको ढोका खुल्ला गरेका थिए । तर बाबुराम पक्षका एक नेताले उक्त कुरा अध्यक्ष दाहालको व्यक्तिगत विचार मात्रै भएको बताएका छन् । 'उहाँले त्यसो भन्नुभयो त्यो उहाँको विचार हो' हेलोखबरसँग कुरा गर्दै ती नेताले भने, 'मैले एउटा कुरा गरौंला रे त्यो मेरो विचार हुन्छ जाने नजाने त बैठकले पो निर्णय गर्नुपर्यो ।' ती नेताले एमाओवादीमा कुर्सीका लागि केही नेताहरु सरकार जानुपर्छ भनिरहे पनि पार्टी सखाप हुन लागेको अवस्थामा अहिले सरकार जान हुन्न भन्ने पार्टी भित्र ठूलो पंक्ति रहेको समेत जानकारी दिए ।

एमाओवादीमा अध्यक्ष दाहाल पक्ष सरकारमा जानुपर्ने पक्षमा छ भने बरिष्ठ नेताद्धय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ भने प्रतिपक्षमा बस्नुपर्ने बताउँदै आएका छन् ।

केही दिन अघि मात्रै नेता श्रेष्ठले एमालेसँगको भेटपछि आफूहरु प्रतिपक्षमा बस्ने बताएका थिए । त्यस्तै भट्टराईले शुक्रबार एक वर्षसम्म कुनै पनि सरकारी तथा अन्य पदमा नबस्ने घोषणा गरेका छन् ।

तर, दाहाल पक्षधर एमाओवादीका नेता हरिबोल गजुरेलले शनिबार कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वको सरकारमा एमाओवादी सहभागी हुने धारणा राखेका छन् ।

भट्टराईको धारणा आएको भोलिपल्टै गजुरेलबाट आएको उक्त भनाईलाई भट्टराईसँग जोडेर समेत हेर्ने गरिएको छ ।

जेहोस्, एमाओवादी भित्र माघ २ गतेदेखि सुरु हुने भनिएको केन्द्रिय समिति बैठकमा सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा गरगराम पर्ने देखिएको छ ।

प्रकाशित मिति: January 11, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
गृह पृष्ठ |