• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » राष्ट्रपतिद्धारा मन्त्रीपरिषद अध्यक्ष अझै अप्ठ्यारोमा, तर पछि हटे राष्ट्रपति
राष्ट्रपतिद्धारा मन्त्रीपरिषद अध्यक्ष अझै अप्ठ्यारोमा, तर पछि हटे राष्ट्रपति

पुस २७ । मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीलाई बोलाएर राष्ट्रपति डा. रामवरण यादवले संविधानलाई ख्याल गरेर संविधानसभाको पहिलो बैठक बोलाउन ध्यानाकर्षण गराएका छन् ।

अन्तरिम संविधानमा संविधानसभाको पहिलो बैठक प्रधानमन्त्रीले बोलाउने भन्ने उल्लेख भएपनि राष्ट्रध्यक्षको हैसियतले बैठक बोलाउने जिम्मा राष्ट्रपतिको भन्दै यादव भने केही समयदेखि सक्रिय रहँदै आएका थिए ।

यस्तो बेला रेग्मीको ध्यानाकर्षण गराउनुले उनी पछि हटेको बुझिएपनि धारा ३६ क लाई ख्याल गर्न भनेका छन् । धारा ३६ क मा राष्ट्रपति र उपराष्ट्रको काम कर्तव्य तथा जिम्मेवारीबारे उल्लेख छ ।

यसो हुँदा अन्तरिम सरकारले बैठक बोलाउँदा राष्ट्रध्यक्षको हैसियतमा रहेका राष्ट्रपतिलाई कसरी राख्ने भन्ने ख्याल गर्न तिर राष्ट्रपतिले संकेत गरेको बुझिएको छ । जसले गर्दा इतिहासका लागि भएपनि संविधानसभाको पहिलो बैठक आफैं बोलाउन लागि परेका रेग्मीलाई भने अप्ठ्यारो स्थिति समेत आएको छ । उनले राष्ट्रपतिको चित्त बुझाएर बैठक बोलाउने तयारी गर्नु पर्ने देखिएको हो ।

पहिलो बैठक बोलाउने विषयमा अव्यवहारिक र लाजमर्दो तवरले विवाद भएपछि राष्ट्रपति भने यो विषयबाट पछि हट्न पुगेको बुझ्न सकिन्छ ।
बैठकपछि राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा अन्तरिम सबिधानको धारा ६९ मा निर्वाचन आयोगले चुनावको अन्तिम नतिजा सार्वजनिक गरेको २१ दिनभित्र प्रधानमन्त्रीले सबिधानसभाको पहिलो बैठक आह्वान गर्नेछन भन्ने कुरा उल्लेख छ ।

राष्ट्रपति र अध्यक्ष रेग्मीबीचको भेटसँगै यो विषयले किनारा पाउने देखिएपनि यो बिबादबारे परेको रिटको अन्तिम फैसला सर्बोच्च अदालतले २९ गते गर्दैछ ।

प्रकाशित मिति: January 11, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |