• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, आर्थिक समाचार » कालिमाटी पुनर्निर्माणका लागि ९ करोड
कालिमाटी पुनर्निर्माणका लागि ९ करोड

माघ । आगलागी भएको २ वर्षपछि कालिमाटी तरकारी तथा फलफूल बजारको पुननर्निर्माण सुरु भएको छ । ०६८ फागुन २० गते राति कालिमाटी बजारमा आगलागी हुँदा ६ जना मारिएका थिए भने करिब १० करोड रुपैयाँबराबरको आर्थिक क्षति भएको थियो ।

कृषि विकास मन्त्रालयअन्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)  को ९ करोड रुपैयाँ लगानीमा पुनर्निर्माण सुरु भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । “प्याक्टले रकम उपलब्ध गराउने गरी बजार निर्माणका लागि टेन्डर स्वीकृत भइसकेको छ,” समितिका निर्देशक अर्जुन अर्यालले भने । स्थानान्तरणमा समस्या पर्ने भएकाले व्यापार नरोकेरै निर्माण गर्नुपर्ने देखिएको उनले बताए । डेढ वर्षको समय तोकिए पनि १ वर्षभित्रै सक्ने गरी काम सुरु भएको उनले जानकारी दिए ।

समितिका अनुसार आगलागीका क्रममा जलेको भवनको माथिल्लो तला पुनर्निर्माणपछि पुनः सञ्चालन हुनेछ । त्यस्तै कालिमाटी बजारको खानेपानी, ढल निकास र फोहोर व्यवस्थापनसमेत सुधार गरिने भएको छ । करिब ६ सय वटा स्टल रहेको कालिमाटी बजारलाई पुनर्निर्माणसँगै थप व्यवस्थित गरिने समितिको भनाइ छ । यो बजारबाट औसतमा दैनिक ७ सय मेट्रिक टनको थोक तथा फुटकर कारोबार हुने गरेको छ ।

कालिमाटी बजारको पुनर्निर्माणका लागि तरकारी तथा फलफूल व्यवसायीले पटकपटक आन्दोलन गर्दै आएका छन् । “ढिलै भए पनि निर्माण सुरु हुनु सकारात्मक कुरा हो, यथासक्य छिटो निर्माण सम्पन्न हुनु जरुरी छ,” नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने । स्टल वितरण प्रणाली, फोहोर व्यवस्थापनलगायत विषयमा पनि समितिले स्पष्ट मार्गचित्र बनाएर काम गर्नुपर्ने उनको भनाइ छ । कालिमाटी आगलागीको छानबिन प्रतिवेदन भने कृषि विकास मन्त्रालयले अझैसम्म सार्वजनिक गरेको छैन । -कारोबार दैनिक

प्रकाशित मिति: January 28, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |