• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » एमाओवादी सरकार अलग्गै बस्ने तयारीमा
एमाओवादी सरकार अलग्गै बस्ने तयारीमा


काठमाडौं, ३० पुस । एकीकृत नेकपा माओवादी तत्काल सरकारमा नजाने देखिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डा“डामा मंगलबार सुरु भएको पूर्व पोलिटब्यूरो बैठकमा अध्यक्ष पुष्पकमल दाहालद्धारा माघ २ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा पेस गर्न तयार गरिएको प्रस्तावमा पार्टी तत्काल सरकारमा नजानेसहितको २० पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरिएको हो ।


दाहालले बैठकमा पार्टीको मुल नेतृत्वले आत्मालोचना गर्नुपर्ने भन्दै सरकारमा जाने गल्ती गर्न नहुने निष्कर्षसहितको प्रस्ताव पढेर सुनाएको बैठक स्रोतले जानकारी दिएको छ । दाहालले मुल नेतृत्व थप जिम्मेवारीपूर्वक जनताको मन जित्ने गरी अघि बढ्नुपर्नेमा जोड दिएको एक नेताले जानकारी दिए ।

यसअघि अध्यक्ष दाहाल पक्ष सरकारमा जान जोड दिंदै आएको थियो । तर बरिष्ठ नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ भने पार्टी सरकार बाहिर बसेर काम गर्नुपर्ने अडानमा छन् । नेता भट्टराईले केही दिन अगाडी मात्रै एक वर्षसम्म संविधान जारी नभएसम्म कुनै सरकारी तथा अन्य पदमा नबस्ने घोषणा समेत गरेका थिए ।

एमाओवादी नेता लिलामणी पोखरेलले वस्तुगत तथ्यहरुसहित नया“ पार्टीका लागि अध्यक्ष, केन्द्रीय कार्यालय, केन्द्रीय समिति जो जसको कमजोरी भए पनि आत्मलोचना गरेर अघि बढ्नुपर्ने बताए र्। पार्टी बिग्रिएकै हो, पुनः नया“ पार्टी निर्माण गर्नुपर्ने देखिएको छ’ नेता पोखरेलले सौर्यस“ग भने, पार्टी पुनः निर्माणका लागि हामीले सुझाव दि“दै पनि आएका छौं, यसमा नेताहरुको बीचमा पनि एकता हुनुपर्यो । पार्टी पुनः निर्माणका लागि हामी जस्तै लडाई पनि लड्छौं उनले भने, यसमा जसको कमी कमजोरी भए पनि आत्मालोचना गरेर भए पनि अघि बढ्नुपर्दछ ।
दाहालद्धारा प्रस्तुत गरिएको प्रतिवेदनमा चुनावको समिक्षा, वर्तमान परिस्थिति तथा पार्टीको सांगठनिक अवस्था र कार्ययोजनाबारे लिपिबद्ध गरिएको नेता टोप बहादुर रायमाझीले जानकारी दिए । यी विषयमा गम्भीर रुपमा छलफल गरिने उनको भनाई छ ।

दाहालद्धारा प्रस्तुत गरिएको प्रतिवेदनमाथि बुधबार छलफल हुने पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

दाहालको प्रतिवेदनमा सांठनिक योजना अन्तर्गत केन्द्रीय समिति तथा अन्य कमिटीहरु सानो बनाउने उल्लेख गरिएको छ । उक्त दस्तावेजमा केन्द्रीय समिति ९९ जना सदस्यीय बनाउने उल्लेख भएको बताइएको छ । एमाओवादीमा हाल पूर्ण र वैकल्पिक गरी केन्द्रीस्य समितिमा २ सय ६६ सदस्यीय छ । जसमा चुनावका बेला १५ जना केन्द्रीय सदस्य थप गरिएको थियो ।

प्रकाशित मिति: January 14, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |