• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News, photo Gallary » मुखमै आएको प्रधानमन्त्री पद पनि कांग्रेसबाट फुत्किने बढ्दो सम्भावना
मुखमै आएको प्रधानमन्त्री पद पनि कांग्रेसबाट फुत्किने बढ्दो सम्भावना

पुस ३० । संविधानसभाको दोस्रो निर्वाचनपछि पहिलो ठूलो दल बनेको नेपाली कांग्रेसले स्वतः रुपमा सरकारको नेतृत्व गर्नुपर्ने हुन्छ । अतः कांगेसको पनि सभापति प्रधानमन्त्री बन्नुपर्ने हो । तर चुनाव भएको २ महिना बित्न लाग्दा समेत अहिलेसम्म कसको नेतृत्वमा त होइन, कुन दलको नेतृत्वमा सरकार बन्ने हो भन्नेबारे समेत अत्तोपत्तो छैन ।

पहिलो ठूलो दल कांग्रेस सभापति भएको हैसियतले सभापति कोइरालाले सरकारको नेतृत्व लिनुपर्ने भएपनि उनको नेतृत्वमा सरकार नबन्ने हो की भन्ने समेत चर्चा चल्न थालेको छ ।

सभापति कोइराला विशेष गरी भारतले नचाहेको नेतामध्ये एकमा पर्ने भएकाले पनि भारतले उनको नेतृत्वमा सरकार बन्न नचाहेको राजनीतिक वृतान्तमा चर्चा चल्ने गरेको छ । एक त कोइरालालाई विदेशीले सरकार प्रमुख बन्न नदिन खेल खेलेको चर्चा छ भने अर्कोतिर कांग्रेसमै सरकारको नेतृत्व कसले गर्ने भन्ने उति नै विवाद छ ।

बरिष्ठ नेता शेर बहादुर देउवा भित्रभित्रै आफू प्रधानमन्त्री हुनुपर्ने भन्दै बसेका छन् । उनी प्रधानमन्त्री पदको बागेर्निङकै लागि चुई नबोलि बसेका छन् । सभापति कोइराला प्रधानमन्त्री बने आफू कार्यबाहक सभापतिको रुपमा हुनुपर्ने उनको अर्को स्वार्थ भएपनि कार्यबाहक सभापति हुँदा पार्टी हाक्न गाह्रो पर्ने भएकाले उनी जसरी भएपनि प्रधानमन्त्री आफू नै बन्ने, नभएमा सभापति कोइरालालाई समेत बन्न नदिने रणनीतिका साथ अघि बढेको बताइन्छ ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेल पनि आफूलाई प्रधानमन्त्रीको रुपमा दाबी गरिरहेका छन् । यसरी कांग्रेस भित्रको किचलोका कारण मुखैमा आएको सरकारको नेतृत्व पनि कांग्रेसले गुमाउने अवस्थामा समेत पुग्ने देखिएको छ ।

यता, दोस्रो दल एमाले र तेस्रो दल एमाओवादी पनि कांग्रेसलाई बाहिर राखेर सरकार बनाउने ध्याउन्नमा छन् । एमालेले राष्ट्रपति परिवर्तनको एजेण्डा चर्काइरहेको छ । बाहिरी रुपमा उसले जे एजेण्डा राखे पनि अन्तिम कडी भनेको सरकारको नेतृत्व वा त महत्वपूर्ण पदहरु नै हो । उता, एमाओवादी भने सरकार र राष्ट्रपतिका विषयमा अझै निष्कर्षमा पुग्न सकेको छैन । उसले माघ २ गतेलाई केन्द्रीय समिति बैठक बोलाएको छ ।

राजनीतिक वृतान्त जे जसरी अघि बढे पनि कांग्रेस पार्टी भित्रकै आन्तरिक र बाह्य कारण पनि उसले होसियार साथ अघि नबढे सत्ताबाट बाहिर बस्नुपर्ने अवस्था नआउँला भन्न नसक्नेमा राजनीतिक विश्लेषकहरु पुगेका छन् ।

प्रकाशित मिति: January 14, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |