• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » राहदानी बनाउन लाइन बस्नै नपर्ने
राहदानी बनाउन लाइन बस्नै नपर्ने

पुस २३ । राहदानी बनाउनका लागि घण्टौंसम्म बस्नुपर्ने लाइनको झन्झट हट्ने भएको छ ।
 राहदानी विभागले अनलाइनबाटै समय लिएर फारम बुझाउने अनि राहदानी लिने मिति र सयम लिनुपर्ने नयाँ व्यवस्था लागू गर्न लागेको हो ।

 विभागले राहदानीका लागि आवेदन फारम बुझाउन ‘अनलाइन’ बाट समय लिनुपर्ने व्यवस्था एक महिनाभित्रै गर्न लागेको अन्नपूर्णमा खबर छ ।

राहदानी विभागका महानिर्देशक रमेश खनालका अनुसार अनलाइनबाट फारम भरेर बुझाउन मिति र समय लिनुपर्नेछ । ‘यस्तो व्यवस्था भएपछि नागरिकले राहदानी फारम बुझाउन र लिन लाममा बस्नुपर्ने छैन्,’ उनले भने, ‘यो योजना माघ भित्रैमा लागू हुनेछ ।’

अनलाइनबाट समय लिएपछि मात्र विभागमा गएर फारम बुझाउन सकिनेछ । फारम बुझाएपछि विभागले तोकेको दिन र समयमा राहदानी प्रदान गर्नेछ । नयाँ व्यवस्था लागू भएपछि विभागमा अहिले राहदानीका लागि फारम बुझाउन र लिन लाग्ने गरेको भीड अन्त्य हुनेछ ।

प्रकाशित मिति: January 07, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |