• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » एक वर्षमै संविधान जारी गर्न विशेष भूमिका खेल्ने एमाओवादीको निर्णय
एक वर्षमै संविधान जारी गर्न विशेष भूमिका खेल्ने एमाओवादीको निर्णय

काठमाडौं १५ फागुन । एकीकृत नेकपा माओवादीले एक वर्ष भित्रमा नै संविधानसभामार्फत नया“ संविधान जारी गर्न विशेष भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

संविधानसभाको निर्वाचनमा पार्टीले अप्रत्यासित हार बेहोरेस“गै आफ्ना एजेण्डाले कम प्राथमिकता नै पाएपनि एक वर्षभित्र संविधान जारी गर्न पार्टीले विशेष पहल गर्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको पूर्वपदाधिकारीको बैठकले संघीय लोकतान्त्रिक गण्तन्त्रको संविधान निर्माण गर्न हरसम्भव प्रयास गर्ने र त्यसका लागि विभिन्न वर्ग, जाति, क्षेत्रका समुदायलाई साथमा लिएर अगाडि बढ्ने निर्णय समेत गरेको छ ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै एमाओवादी नेता पोष्ट बहादुर बोगटीले संविधान निर्माण, आगामी वैशाखमा आयोजना गरिएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले केही दिन अघि सम्पन्न कतार भ्रमणबारे पनि जानकारी गराएको बताइएको छ ।

पूर्व पदाधिकारीहरुको बिहीबार बसेको बैठकले राष्ट्रिय सम्मेलनको कार्यविधी तयार पार्न फागुन २१ गते राजधानीमा जिल्ला संयोजकहरुको राष्ट्रिय भेला बोलाउने निर्णय पनि गरेको हो ।

प्रकाशित मिति: February 27, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |