• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, Sports » क्रिकेटका कप्तान पारसलाई कार उपहार
क्रिकेटका कप्तान पारसलाई कार उपहार

फागुन । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई कार पुरस्कार दिइने भएको छ । 

यूएईमा भएको ट्वान्टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कप्तान पारस खड्कालाई कार पुरस्कार दिइने भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको वैद्य अर्गनाइजेशनले खड्कालाई टोयोटा कार दिने घोषणा गरेको हो । 

वैद्य अर्गनाइजेशनले यसअघि नै उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडीलाई पुरुस्कार दिने घोषणा गरेको थियो । वैद्य अर्गनाइजेशनले विश्वकप छनोट खेल्ने खेलाडीहरुलाई २ वर्षसम्म रोजगारी दिने घोषणा गरेको भएपनि उक्त कार्यक्रम विश्वकपपछि मात्र कार्यान्वयन गरिने अर्गनाइजेशनले जनाएको छ । 

विश्वकप छनोट प्रतियोगितामा पारसले कुल ८ खेलमा २ सय २ रन बनाउनुका साथै ७ विकेट समेत लिएका थिए । उनले युएईसंग भएको खेलमा भने सहभागीता जनाएनन् । 

अर्गनाइेजशनले म्यान अफ दि सिरिज छनोटको मापदण्डकै आधारमा पुरस्कार पाउने खेलाडी छनोट गरिएको जनाएको छ । छनोट समितिका सदस्य रन्जित आचार्यले  म्यान अफ दि सिरिज छनोटको मापदण्डकै आधारमा पुरुस्कार दिइएको बताए ।

प्रकाशित मिति: February 27, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |