• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » माओवादीका पूर्व लडाकु महासेनानीमा बढुवा
माओवादीका पूर्व लडाकु महासेनानीमा बढुवा


माघ २३ । सरकारले नेपाली सेनाका प्रमुख सेनानी यमबहादुर अधिकारीलाई महासेनानीमा बढुवा गरेको छ । विहीबार बसेको मन्त्रीपरिषद बैठकले अधिकारीलाई बढुवा गरेको हो । अधिकारी माओवादीका पूर्व लडाकु हुन् ।


यसअघि दलहरुबीच भएको सहमति अनुसार अधिकारीको बढुवा गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए ।

एमाओवादीका पूर्व डिभिजन कमाण्डर अधिकारीकै नेतृत्वमा सेना समायोजन भएको थियो । बैठकले सहायकरथी रमीन्द्र क्षेत्रीलाई मानार्थ उपरथीमा बढुवा गरेको छ ।

बैठकले फागुन ७ गतेदेखि माल्दिभ्समा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क को ३५ औँ मन्त्रिस्तरीय बैठकमा भाग लिन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने निर्णय पनि गरेको छ ।

बैठकले बागमती नदी तटीय सुधार आयोजनाका लागि एसियाली विकास बैंकको ऋण र सहायता गरी तीन करोड अमेरिकी डलर बराबरको सम्झौता गर्ने, नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी महिना आयोजना गर्ने आर्थिक शिखर बैठकमा सहयोग तथा समन्वय गर्ने, बनेपास्थित सूचना प्रविधि पार्क सञ्चालनसम्बन्धी प्रस्ताव आर्थिक पूर्वाधार समितिबाट निर्णय गरी कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, सहरी गरिबमुखी पुनःउत्पादन नमुना कार्यक्रमका लागि विश्व बैंकको रु २७ करोड ११ लाख सहायता स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रकाशित मिति: February 06, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |