• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary » नवलपरासीको नाकामा भारतले नियम विपरित पर्खाल लगायो
नवलपरासीको नाकामा भारतले नियम विपरित पर्खाल लगायो

माघ २३ । नेपाल–भारत सन्धी विपरित नवलपरासीको महशेपुर नाकामा रहेको दशगजा क्षेत्रमा भारतले पर्खाल लगाएको छ ।

 भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले  वर्षौदेखि नेपाल–भारतको प्रवेशका लागि प्रयोग गरिंदै आएको प्रमुखद्वार भन्दा चार मिटरअघि बढेर पर्खाल लगाएको हो ।

इमेज च्यानलले सार्वजनिक गरेको समाचार अनुसार प्रमुखद्वार भन्दा चार मिटरअघि बढेर एसएसबीले पर्खाल र सुरक्षाकर्मी बस्ने सेन्ट्री निर्माण गरेका छन् ।

भारतीय पक्षले सीमा क्षेत्रमा नेपालीहरुमाथि दुःख दिने तथा दुई देशबीचको सन्धी सम्झौता विपरित विभिन्न क्रियाकलाप हुँदै आएका छन् । 


दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गरेको सम्बन्धमा नेपाल सरकारको माथिल्लो निकायमा जानकारी गराइएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताएको खबरमा उल्लेख छ ।

अहिलेसम्म नेपाल सरकारले भने कुनै पनि प्रतिक्रिया जनाएको छैन ।

भारत दक्षिण एसियामा सम्पन्न राष्ट्रको रुपमा अघि बढीरहेको मुलुक भएपनि उसँग सीमाना जोडिएका कुनै पनि देशबीच सम्बन्ध भने राम्रो छैन ।

नेपाललगायत पाकिस्तान, भुटान, बंगलादेश, श्रीलंका तथा चीनसँग पनि भारतको राम्रो सम्बन्ध छैन ।

भारतीय पेलाहा नीतिका कारण छिमेकी सबै राष्ट्रहरु उप्रति रुष्ट छन् भने भारतले छिमेकीमाथि सहयोगी तथा सद्भावको व्यवहार भन्दा पनि स्वार्थपूर्ण र पेलाहा व्यवहार गर्दै आएको घटनाक्रमहरुले देखाएको छ ।

प्रकाशित मिति: February 06, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |