किन लखेटिदैछन् नेपालीद्धारा पर्सामा हतियारधारी एसएसबीका जवानहरु ?

बिहीबार समेत विभिन्न अनलाइन मिडियाहरुमा सोही प्रकार समाचार आएका छन् । इमेज च्यानलले पर्सामा भारतीय सीमा सुरक्षा बलको ज्यादती विरुद्ध उत्रिए स्थानीय भनेर खबर छापेको छ । यसैगरी अनलाइन खबरले पनि ठोरीका स्थानीयबासीले एसएसबी जवानहरुलाई लखेटे शिर्षकमा समाचार प्रकाशित गरेको छ ।
समाचारहरुमा पर्साको ठोरीमा हतियारसहित आएका भारतीय सिमा सुरक्षा बल एसएसबीलाई स्थानीयवासीद्धारा लखेटिएको उल्लेख छ ।
बिहीबार दिउँसो १२ बजेतिर हतियारसहित १५ जनाको संख्यामा आएका एसएसबीका जवानहरुले ठोरी गाविस ७ भन्सार क्षेत्रस्थित बिसौनीमा राखिएका बसहरु हटाउन खोजेपछि विवाद सुरु भएको थियो ।
नेपाल-भारत सीमाको दशगजा क्षेत्र भन्दा दुई सय मिटर वर नेपाली भूमीमा रहेको बस बिसौनी स्थल एसएसबीका जवानहरुले भारतीय भूमी भएको भन्दै बसहरु हटाउन भनेपछि ठोरीवासी प्रतिकारमा उत्रिएका थिए ।
भारतीय सीमावर्ती क्षेत्रमा माइती नेपालले बनाउन लागेको बिट भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भत्काउने खोजेपछि स्थानीयविरोधमा उत्रिएको खबर इमेज च्यानलले प्रकाशित छ ।
दुई देशबीच सीमा क्षेत्रमा यसरी तनाब भईरहँदा सरकारले जुन पहल कदमी गर्नुपर्ने हो त्यो भने अझै हुन सकेको छैन ।
तर यसअघि शनिबारदेखि ठोरी नाकामा तनाव सृजना भएपछि गत सोमबार वीरगञ्जबाट गएको प्रमुख जिल्ला अधिकारी र नापी विभाग काठमाडौंका उपनिर्देशकसहितको टोलीले ठोरीका स्थानीयवासीसँग अन्तरक्रिया गर्नुका साथै विवादित सीमा स्थलको निरिक्षण गरेको थियो । निरीक्षणका क्रममा टोलीले विवाद देखिएको भन्दै माइती नेपालको बिट निर्माण रोक्न आग्रह गरेको थियो ।
यद्यपी, पुनः बिहीबार सीमा क्षेत्रमा जुन तनाबको अवस्था आयो जसले दुई देशको नेतृत्व तहबाट कुनै प्रतिक्रिया आउनुपर्नेमा साम्य जस्तै बनाइएको छ । नेपालका ठूला मिडिया समेत दबाब तथा प्रभावमा परेर भारत विरोधी हुने समाचारहरु लुकाउने गरेका छन् ।
दुई देशको अहिलेको जुन घटनाले सीमा क्षेत्रमा नेपालीहरु भने त्रासित छन् । जसमा सरकारी तथा राजनीतिक पार्टीहरुबाट सीमानाका नेपालीले जे अपेक्षा गरेका थिए, त्यसको उल्टो अहिले राज्य बिहीन जस्तै उनीहरुले महसुस गर्न थालेका छन् ।
प्रकाशित मिति:
February 06, 2014