एमालेले शर्त तेर्स्याए हामी समस्या फुकाउन सरकारमा जान्छौं : प्रचण्ड

एमाओवादी अध्यक्ष दाहालले एमालेले शर्त तेर्स्याएर सरकारमा नगए संकट फुकाउनका लागि आफूहरु सरकारमा जाने बताएका छन् ।
महोत्तरीको बर्दिवासमा शुक्रबार दाहालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस र एमाले मिलेर सरकार बनाए आफूहरु प्रतिपक्षमा बस्ने र संकट उत्पन्न भए सरकारमा पनि सहभागी हुन सक्नेमा जोड दिएका थिए ।
पहिलो संविधानसभाको ठूलो दल एकीकृत माओवादीको समय कांग्रेस र एमालेलाई फकाउँदा–फकाँउदै बितेको भन्दै दाहालले अब फकाउने पालो कांग्रेस–एमालेको भएको पनि बताएका छन् ।
दाहालले आजै सिरहाको क्षेत्र नम्बर ५ मा राष्ट्रपति रनिङ शिल्ड खेलकुदको क्षेत्रीय प्रतियोगिताको उद्घाटन गर्दै आफूहरुको ध्यान संघीय संविधान निर्माणमा भएको बताएका छन् ।
प्रकाशित मिति:
February 07, 2014