• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary » ७६ वर्षीय अविवाहित कोइराला ३७ औं प्रधानमन्त्रीमा निर्वाचित
७६ वर्षीय अविवाहित कोइराला ३७ औं प्रधानमन्त्रीमा निर्वाचित

अपडेट: माघ २७ । नेपाली कांग्रेसका सभापति सुशिल कोइराला ३७ औं प्रधानमन्त्री बन्न सफल भएका छन्
व्यवस्थापिका संसदमा आज भएको प्रधानमन्त्रीको निर्वाचनमा नेपाली सभापति सुशील कोइराला प्रधानमन्त्रीमा  ४ सय ५ मतका साथ निर्वाचित भएका छन् ।

७६ वर्षीय अविवाहित कोइराला गणतन्त्र नेपालको पाँचौ प्रधानमन्त्री तथा मुलुकको ३७ औं प्रधानमन्त्री बन्न सफल भए ।

निर्वाचनमा कांग्रेससँगै एमाले, राप्रपा, मालेसहितका दलहरुले कोइरालाको पक्षमा मत दिएका थिए भने एकीकृत नेकपा माओवादी राप्रपा नेपालसँगै मधेसी दलहरुले उनको विपक्षमा मत दिएका थिए ।

संसदमा जम्मा उपस्थित ५ सय ५३ सभासदमा १ सय ४८ जनाले बिपक्षमा मतदान गरेका थिए ।


एमालेसँग भएको सात बुँदे सहमति पछि कोइराला प्रधानमन्त्रीमा सहज रुपमा निर्वाचित भएका हुन् ।

नवनिर्वाचित प्रधानमन्त्री कोइरालाले बुधबार बिहान १० बजे राष्ट्रपति रामवरण यादबबाट शीतल निवासमा सपथ लिने बताइएको छ ।


राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीको सपथ आजै गर्ने तयारी गरे पनि एमालेसँग सत्ता बाडफाँडमा कुरा मिल्न सकेको छैन ।

प्रकाशित मिति: February 10, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
गृह पृष्ठ |