• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » प्रहरी आयुक्त कार्यालय र त्रिचन्द्र क्याम्पस हटाउने महानगरपालिको निर्णय
प्रहरी आयुक्त कार्यालय र त्रिचन्द्र क्याम्पस हटाउने महानगरपालिको निर्णय

माघ २० । सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न काठमाडौं महानगरपालिकाले ऐतिहासिक सम्पदा रानीपोखरी परिसरका महानगरीय प्रहरी आयुक्त कार्यालय, त्रिचन्द्र क्याम्पसलगायतका भवन हटाउने भएको छ।

अदालतले रानीपोखरी परिसरका भौतिक संरचना हटाउन आदेश दिएपछि महानगरपालिकाले ती संरचना हटाउने वा खाली गराउने निर्णय आइतबार गरेको हो ।

फैसला कार्यान्वयनका लागि महानगरपालिकाका बोर्ड प्रमुख एवं कार्यकारी अधिकृत लक्ष्मण अर्यालको सभापतित्वमा सरोकारवालाको बैठक बसेको थियो । बैठकमा उपस्थित सरोकारवाला कार्यालयका प्रतिनिधिलाई अर्यालले सर्वोच्चको फैसला कार्यान्वयन प्रक्रिया अघि बढाउने जानकारी गराएको अन्नपूर्ण पोष्टमा खबर छ ।

बैठकमा पुरातत्त्व विभाग र त्रिचन्द्र क्याम्पसका प्रतिनिधि उपस्थित थिए । बैठकपछि अर्यालले भने, ‘महानगरीय प्रहरी आयुक्त कार्यालय, त्रिचन्द्र क्याम्पस, कानुन सुधार आयोग, इन्जिनियरिङ एसोसिएसनको भवन हटाउन सोमबारदेखि पत्राचार गर्छौं ।’

प्रकाशित मिति: February 03, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |