• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, News » सेनाले तोड्यो दुई सय ५१ वर्षदेखिको ऐतिहासिक निरन्तरता
सेनाले तोड्यो दुई सय ५१ वर्षदेखिको ऐतिहासिक निरन्तरता

फाुन १६ । सैनिक संगठन आधुनिकीकरणतर्फ उन्मुख भइरहेको संकेत दिन नेपाली सेनाले दुई सय ५१ वर्षदेखिको ऐतिहासिक निरन्तरतालाई तोडेको छ ।

यसअघि सेनाले स्थापना दिवस दिउँसो मनाउँदै आएकोमा यो पटक भने साँझ मनाएको छ ।

सैनिक संगठन आधुनिक बन्दै गएको झल्को दिन सेनाले अत्याधुनिक ‘लाइट’ संयोजनलाई विशेष ध्यान दिएको र विद्युतीय बत्तीले सैनिक मञ्च बिहीबार साँझ बेहुलीझैँ सिँगारिएको खबर नायँ पत्रिकामा छापिएको छ ।

मञ्चवरिपरि हजार किलोवाटका ‘फोकस लाइट’ले टुँडिखेल नै प्रज्ज्वल्यमान बनेको थियो । सेनाले यसपटकको सैनिक दिवसमा आतसबाजी गरेर नयाँ इतिहास बनाएको छ । अँध्यारो आकाशमा आतसबाजी हेर्न लायक थियो ।

विगतझैं यसपटक पनि सेनाले रंगमञ्चमा ‘कवज परेड’ उतार्‍यो । लोक तथा राष्ट्रिय गीतका धुनमा प्रस्तुत कवज विगतका झैँ थिएनन् । कवजमा सहभागी सैनिकका दुवै हातमा ‘फ्लोलिसेन्ट स्टिकर’ बाँधिएका थिए भने शरीरमाथि भने सेता गन्जी लगाएका थिए । फोकस लाइटका कारण टल्किएका ‘फ्लोलिसेन्ट स्टिकर’ र सेता गन्जीले सैनिक मञ्चलाई नाट्यशालाझैं बनाएको थियो ।

सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलका अनुसार सेना आधुनिकीकरणतर्फ उन्मुख भएको सन्देश दिन सैनिक दिवसमा नयाँ प्रयोग गरिएको बताए । उनले भने, ‘सेना आधुनिकतासँग अभ्यस्त हुनुपर्छ । हामी त्यसतर्फ उन्मुख छौँ । त्यसैको सन्देश दिने प्रयास हो, यसपटक गरिएको नयाँ प्रयोग । यसका लागि हामीले अत्याधुनिक लाइट, आतसबाजी प्रयोग गरेका छौँ । र, प्रस्तुतिमा पनि नयाँपन दिने कोसिस गरेका छौँ ।’

प्रकाशित मिति: February 28, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |