• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » कांग्रेससँगै एमालेले पनि प्रधानमन्त्रीको फाराम लग्यो
कांग्रेससँगै एमालेले पनि प्रधानमन्त्रीको फाराम लग्यो

माघ २५ । सहमतिको सरकार निर्माणको पहल गरिसकेको र औपचारिक रुपमै बहुमतीय प्रधानमन्त्रीको उम्मेदवारी दिने तयारीमा रहेको नेपाली काग्रेसले  प्रधानमन्त्री मनोनयन फारम लगेको छ ।

अझ नयाँ कुरा त,  औपचारिकरुपमा प्रधानमन्त्रीका लागि दाबी नगरेको एमालेले पनि प्रधानमन्त्री मनोनयनको फाराम लगेको छ ।

कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र एमाले सभासद् रामबीर मानन्धरले संसद् सचिवालयबाट शनिबार लगेका हुन् ।

सरकारमा सहभागिताका विषयमा कुरा छलफल गरिरहेको कांग्रेस एमाले भागबन्डाका विषयमा अल्झिरहेका बेला दुई दलले फाराम लगे पनि शनिबार कसैको पनि मनोनयन भने भएको छैन ।

प्रधानमन्त्रीको निर्वाचनका लागि शनिबार र आइतबार मनोनयको समय निर्धारण गरेको छ । आइतबार साँझ ५ बजे मनोनयनका लागि अन्तिम समय दिइएको छ । व्यवस्थापिका–संसद्मा माघ २७ गते हुने भने बहुमतीय प्रधानमन्त्रीका लागि निर्वाचन हुनेछ ।

एमालेलेसमेत मनोनयन फारम लगेपछि पहिलो दिन नै कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बन्ने नबन्ने भन्ने विषय जटिल बनेको छ ।

एमालेले सहयोग नगरेको अवस्थामा कोइरालालाई एमाओवादीसहितका साना दलले समर्थन गर्नुपर्दछ । त्यसका लागि यति छोटो समयमा कुरा मिल्ने सम्भावना पनि निक्कै कम छ ।

प्रकाशित मिति: February 08, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |