• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » रेग्मी सरकार बनाउदाको बाधा अड्काउ अध्यादेश पारित
रेग्मी सरकार बनाउदाको बाधा अड्काउ अध्यादेश पारित

काठमाडौ, १९ माघ । व्यवस्थापिका संसदले ११ महिना अघि राष्ट्रपतिद्धारा जारि गरिएको बाधा अड्काउ फुकाउ आदेश सम्बन्धी तीन अध्यादेश दुईतिहाई बहुमतबाट पारित गरेको छ । आइतबार बसेको ब्यवस्थापिका संसदको बैठकले बाधा अडकाउ फुकाउ आदेस सहितका तीन अध्यायदेश दुई तिहाई बहुमतबाट पारित गरेको छ । 

बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीलाई कार्यकारी सरकार प्रमुख बनाउन बाधा अडकाउ फुकाउ आदेशबाट अन्तरिम संबिधान संशोधन गरेको थियो । दलिय सहमतिमा तत्तकालिन सरकारको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले २५ बुदे बाधाअड्काउ फुकाउ आदेश जारि गरेका थिए । राष्ट्रपतिद्धारा जारि गरिएको बाधा अडकाउ फुकाउ आदेशलाई ब्यवस्थापिका संसदले पारित गरेको छ । बाधाअड्काउ आदेशबाट अन्तरिम संबिधान संशोधन भएपछि बहालवाला प्रधानन्यायाधीश कार्यपालिकाको प्रमुख बनेका थिए । 

कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने बिषयमा राजनीतिक दलहरुबिच सहमति हुन नसकेपछि तत्तकालिन सरकारले १ चैत  ०६९ मा बाधा अडकाउ फुकाउ आदेश सिफारिस गरेको थियो । तत्तकालिन सरकारको सिफारिसमा राष्ट्रपति यादवद्धारा जारि गरिएको अध्यादेश ब्यवस्थापिका संसदले पारित गरेको हो । आइतबार ब्यवस्थापिका संसदमा उपस्थित ५११ सभासद् मध्य ४९२ सभासदले अध्यादेशको पक्षमा मतदान गरेका थिए भने अध्यादेशको बिपक्षमा १४ र २ सभासद् तटस्थ वसेका थिए ।

प्रकाशित मिति: February 02, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
गृह पृष्ठ |