• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News, photo Gallary » सभामुखमा महरा, टोप बहादुर उपनेता, गिरिराजमणि मुख्य सचेतक
सभामुखमा महरा, टोप बहादुर उपनेता, गिरिराजमणि मुख्य सचेतक

काठमाडौ, माघ । दुई साता अघिदेखि राजधानीमा चलेको एमाओवादी केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गर्यो । शनिबार सम्पन्न उक्त बैठकले नेताको जिम्मेवारी हेरफेर, तथा बैशाख १८ मा सांगठनिक राष्ट्रिय सम्मेलन गर्ने निर्णयसहित दाहाललाई दलको नेता चयन गरेको थियो ।

तर उक्त बैठकले संसदीय दलको नेता कसलाई बनाउने, मुख्य सचेतक कसलाई बनाउने भन्ने विषयमा भने कुनै निर्णय गरेन ।

बैठकमा सहभागी एक नेताले भने संविधानसभा बन्ने ग्यारेन्टी गर्न आफ्नो पार्टीको पनि सहभागिताबारे महत्व औंलाउँदै आफ्नो भागमा सभामुख पद आएमा नेता कृष्ण बहादुर महरालाई बनाउने एमाओवादीको तयारी रहेको बताए ।

संविधान निर्माणका क्रममा जिम्मेवारी बाँडफाँडमा आफ्नो पार्टीको पनि दाबी विरोध रहने र सभामुख आफ्नो पार्टीको जिम्मेवारीमा आयो भने महरालाई बनाइने विषयमा कुराकानी भईरहेको बारे बैठकमा जानकारी गराइएको ती नेताले बताए ।

संसदीय दलको उपनेतामा भने नेता टोप बहादुर रायमाझी तथा मुख्य सचेतकमा भने गिरिराजमणी पोखरेललाई बनाउने विषय पार्टीमा छलफल भईरहेको पनि बैठकमा जानकारी गराइएको थियो । तर केन्द्रीय समिति बैठकले उक्त कुराको निर्णय भने गरेको छैन । रायमाझी नेता बाबुराम भट्टराई पक्षधर हुन् भने पोखरेल नारायणकाजी श्रेष्ठ पक्षका नेता हुन् ।

नेता हरिबोल गजुरेलले भने उपनेता तथा सचेतकको विषय पार्टी कार्यालयले टुंगो लगाउने जानकारी दिएका छन् ।

प्रकाशित मिति: February 02, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
गृह पृष्ठ |