• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary » आर्थिक अनियमितताको कुरा उठाउँदा यी विद्यार्थी १० दिनदेखि जेलमा छन् !
आर्थिक अनियमितताको कुरा उठाउँदा यी विद्यार्थी १० दिनदेखि जेलमा छन् !


दिप बहादुर घर्ति
जाजरकोट २४ माघ । आर्थिक अनियममितताको कुरा उठाउँदा प्रधानध्यापकले नै जेल पठाएपछि जाजरकोट पैकका ३ जना विद्यार्थीले प्रहरी हिरासतबाट सार्वजनिक मुद्धाको बयान दिईरहेका छन् ।


जनता उच्च माध्यामिक विद्यालयका प्रअ तुल्सीदास चौधरीले ती विद्यार्थीलाई सार्वजनिक मुद्धा लगाएर जेल हालेका हुन् । २ हजार ६३ सालदेखि हाल सम्म उमाविमा भएको आर्थिक अनियमितताको कुरा उठाएर विद्यार्थीले प्रअ चौधरीको विरोध गर्दा उनीहरु विद्यालयका प्रअबाट नै जेल पुग्नु परेको छ ।

विद्यालयका प्रधानाध्यापक तुल्सीदास चौधरीले पैंक ५ का कक्षा ११ मा अध्ययनरत कमल सिंह, पैक १ का चक्र सिंह र पैक ३ का राजु आर.सी (कक्षा १२) मा पढीरहेका विद्यार्थीलाई सार्वजनिक मुद्धा लगाएका छन् ।


शिक्षाको ज्योती लिने आकांक्षाका साथ उच्चमाविमा अध्ययनरत् ती विद्यार्थीहरुलाई क्याम्पस प्रमुखले मुद्धा लगाएर जेल पठाएपछि पढाई लिनबाट पनि वन्चित भएका छन् । ती विद्यार्थीहरुले अहिले प्रहरी हिरासतबाट सार्वजनिक मुद्धाको बयान दिईरहेका छन् ।

पीडितका आफन्त तथा अन्य विद्यार्थीहरु भने प्रअ चौधरीले झुट्टा सार्वजनिक मुद्धा लगाएर जेल हालेको भन्दै आक्रोशित समेत बन्दै गएका छन् ।

आर्थिक अनियमितताको कुरा उठाउँदा आफ्नै विद्यार्थीलाई प्रअले मुद्धा हालेर जेल पठाएको सम्भवतः नेपालमा यो पहिलो घटना हो । यस विषयमा अधिकारकर्मीहरुले चासो नदेखाएको पीडित पक्षको गुनासो छ । २ हजार ६३ साल देखि हाल सम्म उमाविमा भएको आर्थिक अनियमित्ताको विद्यार्थीले विरोध गर्दा जेल नै हाल्नु उचित नभएको पैकका दीर्घ सिंहको भनाई छ । उनले प्रअ चौधरी सामान्य शिक्षक मात्रै नभएर शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष भएको जानकारी दिँदै विद्यार्थीको जीवन र भविश्य प्रति यति सजिलो खेल खेल्न नहुने भन्दै आश्चर्य समेत प्रकट गरे ।

यही माघ १४ गते देखि हालसम्म ती तीन विद्यार्थीलाई प्रहरी हिरासतमा राखिएको छ । चरम राजनीतिका कारण ती विद्यार्थीहरु थप चपेटामा परेका हुन् । 

पीडितका आफन्त तथा अन्य विद्यार्थीहरुले भने प्रअ चौधरीमाथि छानबिन र कारबाहीको माग गर्दै निर्दोष विद्यार्थीहरुलाई तत्काल बिना शर्त रिहाईका लागि पहल गरिदिन नागरिक समाज, समाजसेवी लगायत सबैसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति: February 07, 2014

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


समानुपातिकतर्फ ६० जिल्लाको मतगणना स...

अर्धकट्टी मतको भरमा गच्छदारले साढे ...

वाम गठबन्धनले प्रत्यक्षमा १०० जित क...

९० हजार मत बराबर एक समानुपातिक सांस...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • आजको राशिफल 09 March 2013
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
गृह पृष्ठ |