• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary » आर्थिक अनियमितताको कुरा उठाउँदा यी विद्यार्थी १० दिनदेखि जेलमा छन् !
आर्थिक अनियमितताको कुरा उठाउँदा यी विद्यार्थी १० दिनदेखि जेलमा छन् !


दिप बहादुर घर्ति
जाजरकोट २४ माघ । आर्थिक अनियममितताको कुरा उठाउँदा प्रधानध्यापकले नै जेल पठाएपछि जाजरकोट पैकका ३ जना विद्यार्थीले प्रहरी हिरासतबाट सार्वजनिक मुद्धाको बयान दिईरहेका छन् ।


जनता उच्च माध्यामिक विद्यालयका प्रअ तुल्सीदास चौधरीले ती विद्यार्थीलाई सार्वजनिक मुद्धा लगाएर जेल हालेका हुन् । २ हजार ६३ सालदेखि हाल सम्म उमाविमा भएको आर्थिक अनियमितताको कुरा उठाएर विद्यार्थीले प्रअ चौधरीको विरोध गर्दा उनीहरु विद्यालयका प्रअबाट नै जेल पुग्नु परेको छ ।

विद्यालयका प्रधानाध्यापक तुल्सीदास चौधरीले पैंक ५ का कक्षा ११ मा अध्ययनरत कमल सिंह, पैक १ का चक्र सिंह र पैक ३ का राजु आर.सी (कक्षा १२) मा पढीरहेका विद्यार्थीलाई सार्वजनिक मुद्धा लगाएका छन् ।


शिक्षाको ज्योती लिने आकांक्षाका साथ उच्चमाविमा अध्ययनरत् ती विद्यार्थीहरुलाई क्याम्पस प्रमुखले मुद्धा लगाएर जेल पठाएपछि पढाई लिनबाट पनि वन्चित भएका छन् । ती विद्यार्थीहरुले अहिले प्रहरी हिरासतबाट सार्वजनिक मुद्धाको बयान दिईरहेका छन् ।

पीडितका आफन्त तथा अन्य विद्यार्थीहरु भने प्रअ चौधरीले झुट्टा सार्वजनिक मुद्धा लगाएर जेल हालेको भन्दै आक्रोशित समेत बन्दै गएका छन् ।

आर्थिक अनियमितताको कुरा उठाउँदा आफ्नै विद्यार्थीलाई प्रअले मुद्धा हालेर जेल पठाएको सम्भवतः नेपालमा यो पहिलो घटना हो । यस विषयमा अधिकारकर्मीहरुले चासो नदेखाएको पीडित पक्षको गुनासो छ । २ हजार ६३ साल देखि हाल सम्म उमाविमा भएको आर्थिक अनियमित्ताको विद्यार्थीले विरोध गर्दा जेल नै हाल्नु उचित नभएको पैकका दीर्घ सिंहको भनाई छ । उनले प्रअ चौधरी सामान्य शिक्षक मात्रै नभएर शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष भएको जानकारी दिँदै विद्यार्थीको जीवन र भविश्य प्रति यति सजिलो खेल खेल्न नहुने भन्दै आश्चर्य समेत प्रकट गरे ।

यही माघ १४ गते देखि हालसम्म ती तीन विद्यार्थीलाई प्रहरी हिरासतमा राखिएको छ । चरम राजनीतिका कारण ती विद्यार्थीहरु थप चपेटामा परेका हुन् । 

पीडितका आफन्त तथा अन्य विद्यार्थीहरुले भने प्रअ चौधरीमाथि छानबिन र कारबाहीको माग गर्दै निर्दोष विद्यार्थीहरुलाई तत्काल बिना शर्त रिहाईका लागि पहल गरिदिन नागरिक समाज, समाजसेवी लगायत सबैसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति: February 07, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |