ट्याक्सी दुर्घटनामा २ महिला र चार बालबालिको मृत्यु
राजधानी प्रवेश गर्ने बैकल्पिक राजमार्गको रुपमा रहेको उक्त स्थानमा शनिबार राती बा १ ज ३९९० नम्वरको भाडाको ट्याक्सी दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा चालक यज्ञ पौडेलको अवस्था गम्भिर रहेको छ । मृतकहरुमा दुई महिला र चार बालबालिका रहेको प्रहरीले जनाएको छ ।
काठमाण्डौवाट हेटौडातर्फ आइरहेको उक्त ट्याक्सी घुम्तिमा मोड काट्ने क्रममा ब्रेकफेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति:
March 30, 2014