मूल्यवृद्धि पूरै फिर्ता नभए एसएलसी लगत्तै विद्यार्थीले आमहड्ताल गर्ने
चैत्र ७ । सरकारले आंशिक रुपमा मूल्यवृद्धि फिर्ता लिए पनि आन्दोलनरत् विद्यार्थी संगठनहरुले भने आन्दोलन नरोक्ने भएका छन् । सरकारले केही मात्रा मूल्य वृद्धि फिर्ता लिए पनि यसको स्थयाी र दिर्घकालिन उपाय खोजिनुपर्ने भन्दै उनीहरुले आन्दोलन जारी राख्ने भएका हुन् ।
हाम्रो माग बढेको मूल्य दुई चार रुपैया घटाउन होइन नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष सरद रसाईलीले भने हाम्रो आन्दोलन पूरै मूल्य वृद्धि फिर्ता गराउनु र यसको स्थायी दिर्घकालिन समाधान खोज्नुपर्ने भएकाले आन्दोलन रोकिन्न ।
अध्यक्ष रसाईलीले अन्तर्राष्टिय बजार अनुसार मूल्य समायोजन भए कसैको पनि टाउको दुखाई नहुने भन्दै घाटा भयो भन्दै मनपरी मूल्यवृद्धि गर्न नहुने बताए ।
बिहीबार मात्रै म्याराथुन भेटघाट गरेको जानकारी दिदै उनले मूल्य वृद्धि फिर्ता लिन र यसको दिर्घकालिन समाधान खोज्न ध्यानाकर्षण गराउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, ३३ दलिय मोर्चा लगायतसग भेटघाट गरेको जानकारी समेत दिए ।
मूल्यवृद्धि शतप्रतिशत नै नघटाए एसएलसी लगत्तै आमहड्तलामा समेत आफूहरु उत्रन बाध्य हुने उनको भनाई छ ।
प्रकाशित मिति:
March 21, 2014