एमाले भन्दा पनि एकीकृत माओवादीको धार अस्पष्ट छ : बादल
चैत्र ७ । नेकपा-माओवादीका सचिव राम बहादुर थापा बादलले एमालेको भन्दा पनि एकीकृत माओवादीको धार अस्पष्ट भएको बताएका छन् ।
नेकपा–माओवादी रोल्पाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले एकीकृत माओवादी नव संशोधनवादी भएकाले एकीकरण हुन नसक्ने समेत बताएका छन् ।
संविधान नबनाएर स्थानीय निर्वाचन गराउन खोज्नु संघीयता विरोधी षड्यन्त्र भएको समेत बादलले बताएका छन् ।
प्रकाशित मिति:
March 21, 2014