'आर्थिक समृद्धिको गति रोक्नु हुन्न'
![]() |
अर्थमन्त्री महत |
फागुन २९ । अर्थमन्त्री डा. रामशरण महतसँग नेपाल उद्योग परिसंघको प्रतिनिधी मन्डलले बिहिबार भेट गरेका छन् । भेटमा निर्वाचित सरकारले आर्थिक समृद्धिको गतिलाई तिब्र बनाउन उद्योग परिसंघको प्रतिनिधी मन्डले महतसँग आग्रह गरेको थियो ।
प्रतिनिधी मन्डलको नेतृत्व गरेका परिसंघ अध्यक्ष नरेन्द्रकुमार बस्न्यातले अर्थमन्त्रीसँग आगामी दिनमा कुनै पनि बहानामा आर्थिक, औद्योगिक र व्यवसायीक विकासको क्रम नरोक्न आग्रह गरेका थिए । निजी क्षेत्र निश्चिन्त भएर उद्योग व्यवसाय चलाउन सक्ने गरि ठोस र दृढ कदम सरकारले चाल्नु पर्नेमा पनि अध्यक्ष बन्स्यातले जोड दिए ।
भेटमा मन्त्री महतले अर्थतन्त्रलाई पुनरुत्थान र पुनर्सशक्तिकरण आवश्यक भएकाले सबै एकजुट हुनु पर्ने बताए । २०४८ सालको निर्वाचित सरकारले सुरु गरेको आर्थिक विकास पहिलो चरणको भएको र अब सुधारको दोस्रो चरण थालनी गर्ने मन्त्री महतले जानकारी दिए ।
प्रकाशित मिति:
March 13, 2014