दुर्घटनामा घाइते लोक दोहोरी गायिका मञ्जु महतको निधन
अपडेट
चैत्र १५ । सवारी दुर्घटनामा घाइते भएकी लोक दोहोरी गायिका मञ्जु महतको उपचारकै क्रममा निधन भएको छ ।
बिहिवार गम्भिर घाइते बनेकी लोकदोहोरी गायिका मञ्जुको काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको हो । उनको देब्रे खुट्टा बिहिबार नै काटिएको थियो भने उनको दुबै मृगौलामा गम्भीर चोट समेत परेको अवस्थामा उपचार गरिदैं आइएको थियो ।
बिहिवार काठमाण्डौको गल्कोपाखामा दुर्घटनामा परेकी थिइन् । उनी सवार स्कुटरलाई दुईवटा माइक्रोबसले ठक्कर दिएका थिए । बा १ ज ९२१३ नम्बरको माइक्रोबस र अल्फावेट खुल्न नसकेको २०७१ नंबरको हाइस ब्राण्डको माइक्रोले उनलाई बिचमा थिचेका थिए । दुर्घटनाबाट उनको देब्रे खुट्टा, टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।
दुर्घटना लगत्तै उनलाई मनमोहन मेमोरियल अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसक्ने भएपछि उनलाई शिक्षण अस्पताल लगिएको थियो। त्यहाँबाट पनि चिकित्सकहरुले ग्राण्डी अस्पतालमा रिफर गरेका थिए ।
कास्कीको भरतपोखरी घर भएकी २९ वर्षीया मन्जुको १८ महिने छोरा छन् । महत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिती उपाध्यक्ष समेत थिइन् ।
प्रकाशित मिति:
March 29, 2014