• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary, Sports » हारे पनि बंगलादेशसँग कमजोर देखिएन नेपाल
हारे पनि बंगलादेशसँग कमजोर देखिएन नेपाल

चैत्र ५ । टि–२० विश्वकप अर्न्तगत समूह ए को दोस्रो खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको छ ।

स्वाभाविक रुपमै पनि टेस्ट खेल्ने राष्ट्रविरुद्धको पहिलो भेटमा नेपालले बंगलादेशसँग ठूलो अपेक्षा नराखेको भएपनि कमजोर प्रदर्शन पनि गरेन ।
१४ वर्षअघिदेखि टेष्ट खेलिरहेको राष्ट्रलाई १२७ रनको चुनौती दिनु, ५ विकेटको क्षतिमा २० ओभरसम्म टिक्नु नेपालका लागि निक्कै राम्रो प्रदर्शन नै मानिएको छ ।

घरेलु मैदानमा मंगलबार साँझ भएको खेलको पहिलो इनिङमा नेपालले दिएको १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले २७ बल बाँकी रहँदै २ विकेटको क्षतिमा नेपाललाई पराजित गरेको थियो ।

नेपालको सुरुआत राम्रो रहेन। सुवास खकुरेल ८ र सागर पुन १२ रन बनाई आउट भए। पहिलो बलमै ३ रन जोडेका उपकप्तान ज्ञानेन्द्र मल्ल २ चौका प्रहार गरी १३ रनमा आउट भए। कप्तान पारस खड्का र शरदले चौथो विकेटमा ८५ रन जोडेपछि नेपालले आफ्नो हिसाबमा राम्रो स्कोर जम्मा गरेको थियो ।

यता, लगातार दोस्रो विजयले बंगलादेशको सुपर टेनमा पुग्ने सम्भावना बलियो भएको छ। नेपाल र अफगानिस्तानले १–१ विजय पाएका छन्। हङकङले दुवै खेल हारिसकेको छ। बिहीबार नेपाल र अफगानिस्तान तथा बंगलादेश र हङकङबीच खेल हुनेछ।

प्रकाशित मिति: March 19, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |