संसदमा मूल्य वृद्धिको चर्को विरोध, प्रधानमन्त्रीकै दलद्धारा मूल्य वृद्धि फिर्ता लिन माग

सभासद्हरुले मूल्यवृद्धिको विषयमा विरोध गरेपछि बोल्ने पालो पाएका प्रधानमन्त्री कोइरालालाई सभामुख सुभाष नेम्वाङ्ले मूल्यवृद्धिबारेमा बोल्ने समय दिएपनि त्यसबारेमा मौन देखिए ।
प्रधानमन्त्री कोइरालाले मूल्यवृद्धिको बारेमा मौन रहँदै विमस्टेक वैठकको बारेमा आफ्नो धारणा राखेका थिए ।
आजको ब्यवस्थापिका संसदको वैठकमा बोल्ने सभासदहरुले दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिको पनि ध्यानाकर्षण गराएका थिए ।
आजको संसद वैठकमा बोल्दै प्रधानमन्त्रीकै दल कांग्रेस सभासद अर्जुन नरसिंह केसी, एमाओवादीका कृष्णबहादुर महरा र राम कार्कीले मूल्यवृद्धिको बारेमा संसदको ध्यानाकर्षण गरेका थिए ।
यसैगरि राप्रपा नेपालका सभासद् कमल थापाले आयल निगम भ्रष्ट्राचारको अखडा भएको भन्दै निगमको अनियमितता छानविन गरि कारवाही अघि बढाउनुपर्नेमा जोड दिए । उनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै मूल्यवृद्धि फिर्ता नभएसम्म संसद गतिविधि रोक्न माग गरे ।
यस्तै एमाले सभासद् केशव बडालले अन्तर्राष्ट्रिय सहकारी दिवसलाई लक्षित गरि सहकारी क्षेत्रमा ध्यान दिनु पर्ने बताए ।
आजको वैठकमा विभिन्न मन्त्रालयसग सम्बन्धित अध्यादेशहरु पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र कानुन तथा संविधानसभा मन्त्रालयसग सम्बन्धित प्रतिस्थापन विधेयक प्रस्तुत हुनेछ ।
प्रकाशित मिति:
March 18, 2014