विश्वकप क्रिकेटमा आज नेपाल र बंगलादेशको भिडन्त
बंगलादेशको चट्गाउँमा रहेको जाहुर अहमद चौधरी स्टेडियम सवा ७ बजे प्रतिस्पर्धा सुरु हुनेछ । नेपाल टेष्ट मान्यता प्राप्त राष्ट्रसंग प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो । यद्यपी नेपालले यसअघि हङकङसँग खेलेको खेल झैं उत्कृष्ट प्रदर्शन गर्न सकेमा नेपालको जितको सम्भावना छ ।
यसअघिको पहिलो खेलमा नेपालले हङकङलाई ८० रनले पराजित गरेको थियो भने बंगलादेशले अफगानिस्तानलाई ९ विकेटले जितेको थियो । आफ्नो समूहमा नेपाल र बंगलादेशले एक÷एक खेल जितिसकेका छन् । नेपाल रनरेटका आधारमा शीर्ष स्थानमा रहेको छ भने बंगलादेश दोश्रो स्थानमा छ । टेष्ट मान्यता प्राप्त देश बंगलादेशसंगको खेल नेपालका लागि चुनौतीपूर्ण छ ।
घरेलु मैदानमा बंगलादेशका लागि घरेलु दर्शकको साथ निक्कै हुनेछ भने नेपालले अघिल्लो प्रदर्शन झैं प्रदर्शन गर्न आवश्यक छ ।
प्रकाशित मिति:
March 18, 2014