विश्वकप क्रिकेटमा नेपालको खेलमा बत्ती नकाट्ने प्राधिकरणको तयारी

ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा नेपाल र बंगलादेशबीचको खेल हुने बेला बेलुका सवा ७ वजे लोडसेडिङ हुने केही क्षेत्रमा बिजुली नकाट्ने नेपाल विद्युत प्राधिकरणले तयारी गरेको छ ।
आइतबार हङकङ विरुद्धको खेल अवधिभर काठमाडौ उपत्यकाका ७५ प्रतिशत र बाहिरी शहरका ५० प्रतिशत क्षेत्रमा बिजुली उपलव्ध गराइएको थियो । उद्योग, कलकारखाना कम चलेका कारण धेरै क्षेत्रमा बिजुली उपलव्ध गराउन सकिएपनि मंगलबार भने त्यस्तो गर्न नसकिने प्राधिकरण बताउँछ । प्राधिकरणले उपभोक्ताको माग र चाहना अनुसार खेल अबधिभर सकेसम्म बिजुली उपलव्ध गराउने तयारी भने गरिरहेको बताइएको छ ।
प्रकाशित मिति:
March 18, 2014