सरकार र विद्यार्थी संगठनहरुबीच आज पनि वार्ता

सरकार र विद्यार्थी संगठनहरुबीच हिजो वार्ता भएपनि सरकारले मूल्य वृद्धि फिर्ता लिन नमानेको र विद्यार्थी संगठनहरु आफ्ना मागबाट पछि नहटेपछि वार्ता बिना निष्कर्ष टुंगिएको थियो ।
सरकारले पेट्रोलमा प्रतिलिटर १० र डिजेल तथा मट्टितेलमा ६–६ रुपैयाँ बढाएपछि सत्तारुढ दल सम्बद्ध विद्यार्थी संगठन लगायत १७ विद्यार्थी संगठनले आन्दोलन थालेका छन् ।
प्रधानमन्त्री सुशील कोइरालाको निर्देशन अनुसार हिजो वाणिज्य सचिव माधव रेग्मी नेतृत्वको सरकारी वार्ता टोलीले विद्यार्थी संगठनका प्रतिनिधिहरुसंग वार्ता गरेको थियो ।
विना शर्त मूल्य वृद्धि फिर्ता लिनुपर्ने विद्यार्थीको माग छ ।
प्रकाशित मिति:
March 18, 2014