विश्वकप क्रिकेटमा अफगानिस्तानमाथि नेपालको ऐतिहासिक जित
चैत्र ६ । ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई ९ रनले हराउँदै ऐतिहासिक जित हासिल गरेको छ ।
विश्वकपमा जारी खेलमा नेपालको यो दोस्रो जित हो भने ट्वान्टी-२० मा अफगानिस्तानविरुद्ध यो पहिलो जित हो ।
सन् २००७ यता ट्वान्टी ट्वान्टी क्रिकेटमा भएको सातौँ भेटमा अफगानिस्तानमाथि नेपालले बिहीवार पहिलो जित हासिल गरेको हो ।
अफगानिस्तानलाई हराउन नेपालका लागि जितेन्द्र मुखियाले ३ विकेट लिए । यस्तै शक्ति गौचन र सोमपाल कामीले समान दुई-दुई विकेट लिए । वसन्त रेग्मीले पनि थप एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले पुरै ओभर खेल्दै ५ विकेट गुमाएर एक सय ४१ रन बनाएको थियो । नेपालका लागि ओप्नर व्याट्सम्यान सुवास खकुरेलले सर्वाधिक ५६ रन बनाए । सुवासले ५३ बलको सामना गर्दै ६ चौका र एक छक्का प्रहार गरे । यस्तै सरद भेष्वाकरले ३७ रन जोडे भने उपकप्तान ज्ञानेन्द्र मल्लले २२, सागर पुन ८ र कप्तान पारस खड्का एक रन बनाएर पेभिलियन फर्के । विनोद भण्डारी ४ तथा नरेश बुढाऐर २ रनमा अविजित रहे ।
प्रकाशित मिति:
March 20, 2014