लाइसेन्स मागेपछि गाडी नै छाडेर भागे सभाषद
वैशाख १४ । काभ्रे क्षेत्र नम्बर ३ बाट निर्वाचित सभाषद कन्चनचन्द्र बादे श्रेष्ठले ट्राफिक नियम उल्लंघन गरेपछि गाडी नै छाडेर भागेका छन् ।
सवारी चलाइरहेका बेला मोवाइलमा कुरा गरेको र सिट बेल्टसमेत नबानेको पाइएपछि ट्राफिक प्रहरीले रोकेर लाइसेन्स, बिलबुक माग्दा सडकमै गाडी छाडेको प्रहरीले जनाएको छ ।
आज बिहान बनेपाबाट काठमाडौं आउँदै गर्दा भक्तपुरको जगाती चेकपोष्टमा उनी चढेको बा८च ३८१ नम्बरको प्राइभेट गाडी छाडेर हिडेका हुन् ।

प्रकाशित मिति:
April 27, 2014