राईको उम्मेदवारी फिर्तापछि बाबुराम भट्टराई निर्विरोध
वैशाख १२ । संवैधानिक राजनीतिक संवाद सहमति समितिको सभापतिमा एमाओवादी नेता बाबुराम भट्टराईविरुद्ध उम्मेदवारी दिने रामकुमार राईका प्रस्तावक सभासद् हरिचरण शाहले प्रस्ताव फिर्ता लिएपछि भट्टराई निर्विरोध सभापति भएका छन् ।
संसद भवन नयाँ वानेश्वरमा शुक्रबार बसेको बैठकमा संविधान मस्यौदा समितिमा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र संविधान अभिलेख तथा निर्क्यौल समितिमा एमाले सचिव विष्णुप्रसाद पौडेल निर्विरोध भए ।
क्षमता अभिवृद्धि समितिमा मधेसी दलका तर्फबाट लक्ष्मीकुमारी चौधरी र नागरिक सम्बन्ध समितिमा नेकपा संयुक्तका प्रमिला राणा निर्वाचित भइन् ।
नवनिर्वाचित सभापतिहरुको सपथ शनिबार बिहान ११ बजे सिंहदरवारमा हुने बताइएको छ ।
प्रमुख दलहरुले निषेधको राजनीति गरेको भन्दै राप्रपा नेपालले भने निर्वाचन प्रक्रिया बहिष्कार गरेको थियो ।
प्रकाशित मिति:
April 25, 2014