सेतो छाला भएकाहरुलाई पछि पार्दै लुपिता बनिन वर्षकी सर्वाधिक सुन्दरी
वैशाख ११ । सेता छाला भएका मानिस मात्र सुन्दर हुन्छन् भन्ने तथ्यलाई केन्याकी अश्वेत एक नायिकाले गलत प्रमाणित गरेकी छिन् । सुन्दरता सेतोपनामा मात्र हुँदैन भन्ने तथ्यलाई प्रमाणित गर्दै लुपिता न्योङओ संसारभरकी वर्षकी सर्वाधिक सुन्दर महिला चुनिएकी छिन् ।
उनलाई प्रतिष्ठित पिपुल म्यागाजिनले आफ्नो नयाँ अंकमा विश्वकै ‘व्युटिफुल वुमन’को सूचीमा एक नम्बरमा राखेछि अहिले उनको चर्चा विश्वभ फैलिएको छ ।
म्यागाजिनको २५ वर्षको इतिहासमा सुन्दर अश्वेत महिला चुनिने लुपिता तेस्रो हुन् । यसअघि पनि २००३ मा हाले बेरी र २०१२ मा वियोन्से यो उपाधि चुम्न सफल भएका थिए । ३१ वर्षीया ती सुन्दरी ओस्कार विजेता पनि हुन् । उनी अभिनीत पहिलो फिल्म ‘टुभेल्स इयर्स अ स्लेभु’ ले ओस्कार जितेको थियो भने उनीले सह–अभिनेत्रीको ओस्कार जितेकी थिइन् ।
लुपिताको ओजपूर्ण भाषण कौशल, हँसिलो मुद्रा उनलाई उपाधी जिताउँन सहयोगि बनेको म्यागेजिनका सम्पादकले भनेका छन् ।
प्रकाशित मिति:
April 24, 2014