कतारमा स्पोन्सरसिप र एक्जिट भिसा हट्यो, कम्पनी परिवर्तन गर्न पनि पाइने
जेठ १ । कतारले स्पोन्सरसिप र एक्जिट भिसाको व्यवस्था हटाउँदै श्रम बजामार व्यापक सुधार गरेको छ।
स्पोन्सरसिप र एक्जिट भिसाको व्यवस्था हटाउन अन्तर्राष्ट्रिय समुदायले दबाब दिँदै आएका थिए। यो नियम लागू भएपछि कतारमा कार्यरत नेपालीले ठूलो राहत पाउनेछन्।
श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र आन्तरिक मन्त्रालयले बुधबार दोहामा पत्रकार सम्मेलन गर्दै यो व्यवस्था हटाएको घोषणा गरेको खबर कान्तिपुरमा छ । आन्तरिक मन्त्रालयका सीमा तथा राहदानी विभागका उपमहानिर्देशक ब्रिगर्डियर मुहामद अहमिद अल अतिकले नयाँ कानुन लागू हुने मिति पछि तोकिने बताए।
'कामदारको अधिकारका लागि प्रतिवद्द छौ। यो नियम लागू गर्न संयन्त्र बनाउनुपर्छ। केही समय लाग्छ', आन्तरिक मन्त्रालयका मानव अधिकार विभागका निर्देशक कर्णेल अब्लुलाह सक्कर अल मोहेन्ददीले भने।

प्रकाशित मिति:
May 15, 2014