• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » बाबुरामले लिए पेरिसडाँडामा पद तथा गोपनियताको शपथ
बाबुरामले लिए पेरिसडाँडामा पद तथा गोपनियताको शपथ

काठमाडौं ८ जेठ । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईसहितका नयाँ केन्द्रीय सदस्यहरुले अध्यक्ष प्रचण्डबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । 

बैठकमा अध्यक्ष प्रचण्डले नेता बाबुराम भट्टराईले राखेको धारणा सही भएको बताउँदै पार्टी पुरानै ढंगले सञ्चालन गर्ने बिषयमा विगतदेखि नै छलफल र बहस भएको र यसको खाँचो पनि रहेको बताए । 

बैठकलाई सम्बोधन गर्दै नेता डा. भट्टराईले भने पार्टीभित्र स्वस्थ मैत्रीपूर्ण ढंगले दुई लाइन संघर्ष व्यवस्थित होस् र पार्टी क्रान्तिकारी नयाँ शक्तिका रुपमा विकास होस् भन्ने मेरो आशय भएको बताउँदै यो भन्दा बाहिर नयाँ शक्तिको खोजी गर्ने भन्ने मेरो आशय नभएको बताएको बैठक पश्चात प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।
उनले नेता भट्टराईले आफूहरु यही पार्टीलाई नयाँ दिशा दिन सहमत भएको उल्लेख गरेको बताए ।

 पार्टी केन्द्रीय समितिको खाली रहेको २ जनाको ठाउँमा थपिएको छ । खाली ठाउँमा थपिएका दुईजनामा पुष्पा घर्ती र उपेन्द्र शाह रहेका छन् । योसँगै पार्टीमा १५१ जनाको पूर्ण केन्द्रीय सदस्य बनेको छ । 

बैठक भोली बिहान ११ बजे पुनः बस्नेछ ।

प्रकाशित मिति: May 22, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
गृह पृष्ठ |