• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » नेपाली आकाशमा खुलेआम भारतीय हेलिकप्टर
नेपाली आकाशमा खुलेआम भारतीय हेलिकप्टर

जेठ ७ । मंगलबार राति साढे ८ बजेतिर एउटा भारतीय सैन्य हेलिकोप्टर नेपाली आकाशमा परिक्रमा गरी फर्कियो । ठूलो आवाजसहित तीव्र गतिमा उडेको हेलिकोप्टर पूर्वदक्षिण नाकावाट प्रवेश गरेर पूर्वोत्तर दिशा हुँदै फर्किएको प्रत्यक्षदर्शीले बताए ।

रातको समयमा आकाशमा हेलिकोप्टर देखेर काँकडभिट्टावासी छक्क परे । 'किन आयो भन्ने जिज्ञासा लाथ्ग्यो,' प्रत्यक्षदर्शी वालकृष्ण थापाले भने, 'भारतवाट यसरी खुलेआम आएको थाहा थिएन ।' हेलिकोप्टरले काँकडभिट्टा माविको मैदानलाई एकपटक परिक्रमा गरेको थियो । मैदान नजिकैको सशस्त्र प्रहरीको वेस क्याम्पवाट प्रहरीले टर्च लाइट बालेर हेरेपछि तीव्र गतिमा हेलिकोप्टर भारतीय भूमितिरै फर्किएको थियो ।

नेपाली आकासमा भारतीय सैन्य हेलिकोप्टर उडेको खवर झापाका सुरक्षा निकायले थाहै पाएनन् । स्रोतका अनुसार, नेपाल-भारत सीमाक्षेत्र नजिकैको वायुसेनाका अड्डावाट हेलिकोप्टर नेपाली आकाशमा प्रवेश गरेको बुझिएको छ ।

नजिकको बागडोगरा हवाई हड्डावाट झुक्किएर हेलिकोप्टर नेपाली आकासमा उड्न गएको अध्यागमन कार्यालय पानीटंकी भारतका एक अधिकारीको दावी छ । 'सिक्किमतिर उडेको जहाज अचानक नेपालतिर पुग्यो', ती अधिकारी दावी गर्छन् । सिलिगुडी नजिकको खप्रेलस्थित सेनाका मुख्यालयवाट पनि हेलिकोप्टर नेपालतिर प्रवेश गरेको पनि अनुमान छ ।

भारतीय जहाज र हेलिकोप्टरले नेपाली आकाशको उडान क्षेत्र अतिक्रमण गर्ने घटना खासै नयाँ होइन् । यसअघि पनि भारतीय हवाई जहाज पटक पटक नेपाली आकाशमा उड्ने गरेको तथ्य फेला परेको छ । गत वर्ष भारतीय राज्य असमको गुवाहाटीबाट नयाँदिल्लीका लागि उडेको गो एयरको एयरबस अनधिकृत रुपमा झापाको दमकमा देखिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । भारतले यस्ता घटनालाई वहानावाजी गर्दै सामान्य रुपमा लिने गरेको छ ।

नेपाल नागरिक उड्डयन कार्यालय चन्द्रगढीका प्रमुख सन्तोष पोखरेलले भारतीय सैन्य हेलिकोप्टर उडानवारे अनभिज्ञता प्रकट गरे । उनले चन्द्रगढी विमानस्थलमा रात्रीकालीन सेवा नभएकाले कुनै जहाज र हेलिकोप्टर नउड्ने प्रष्ट पारे ।

उनका अनुसार एयर डिफेन्स क्लियरेन्स (एडीसी) लिएर मात्रै विदेशी विमानले उड्ने अनुमति पाउने अन्तराष्ट्रिय नियम रहेको वताए । एडीसी भनेको उडान क्षेत्र प्रवेश अनुमति नम्बर हो । 'नेपाली आकासमा उड्नका लागि लिखित अनुमति लिनुपर्छ', उनले भने,'सैन्य हेलिकोप्टरले त सरकारले आमन्त्रण गरेपछि विपत व्यवस्थापनका वेला मात्रै उडान इजाजत पाउँछ ।'

प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले नेपाली आकाशमा भारतीय हेलिकोप्टर उडेको तर सेनाको हो या अरु कुनै निकायको भन्नेबारे यकिन हुन नसकेको जनाउँदै घटनालाई लिएर गृह मन्त्रालयमार्फत् 'कुटनैतिक असन्तुष्टि' पोखेको बताए । प्रजिअ नेपालले भने, 'भारतीय अधिकारीसँग पनि घटनाबारे असन्तुष्टि पोखेका छौं ।' -इकान्तिपुर डटकमबाट

प्रकाशित मिति: May 21, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
गृह पृष्ठ |