तेल चोरी प्रकरणमा क्षेत्रिय कार्यालय प्रबन्धक पक्राउ
वैशाख २५ । पेट्रोलियम पदार्थ चोरी प्रकरणको आशंकामा नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रिय कार्यालय भलवारी रुपन्देहीका क्षेत्रिय प्रबन्धक नागेन्द्र कुर्मी पक्राउ परेका छन् ।
ट्यांकरमाबाट बीच बाटोबाटै तेल चोरी हुने गरेको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका विभिन्न व्यक्तिको बयान उनको पनि नाम आएपनि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चालक तथा सहचालकको बयानको आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गरेको १६ जना ट्याङ्कर मालिकलाई पनि चाँडै नै पक्राउ गरिने पनि प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
May 08, 2014