आम्दानीको बलियो श्रोत बन्दै व्यावसायिक बाख्रा पालन
दिप बहादुर घर्ति
जाजरकोट जेठ १७ । जाजरकोटको उत्तरी भेगमा व्यावसायी बाख्रा पालन आम्दानीको बलियो श्रोत बन्न थालेको छ । बजारमा खपत हुने मासुको लागी खसिको निकै खोजि हुन थाले पछि ब्यबसायीक बाख्रा पालनमा जोड दिन थालिएको हो ।
जिल्लाका रग्दा, भगवति, नायकवाडा, रोकायगाउँ, सक्ला, ढिमे, पैंक, अर्छानी, टालेगाउँ, पजारु, गर्खाकोट, दहँ, कोर्ताङ, मजकोट, साल्मा, दशेरा, जुगाथापाचौर, थालारैकर गाविसहरुका किसानहरुले ब्यबसायीक बाख्रा पालन गर्न थालेका छन । बाख्रा पालन ब्यबसाय यस क्षेत्रका किसानहरुका लागि आम्दानीको निकै बलियो श्रोत बन्न थालेको छ । घर पालुवा बाख्रावाट उत्पादित खसिहरु जुम्ला, डोल्पा, सुर्खेत र सदरमुकाम खलंगामा लगेर विक्रि गरिन्छ साथै गाउँ घरमै गरिने प्ररम्परा विवाहहरुमा प्रयोग गरिन्छ भने बोकाहरु दशै, तिहार जस्ता चार्ड पर्वहरुमा देवी देवतालाई वली चढाईन्छ ।
जिल्ला पशु सेवा कार्यालयमा हाल सम्म ६० वटा समुह र ३८ वटा ब्यबसायीक बाख्रा पालन फर्म दर्ता भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएका बाख्रा पालन फर्महरुमा टालेगाउँ ४ का धनबहादुर सिंहको फर्म सबै भन्दा ठुलो रहेको छ । उनीको फर्ममा यस बर्ष माउँ, वोका र खसि गरेर १ सय ६५ वटा जम्मा जम्मी बाख्रा रहेका छन । सिंहले बर्षमा २० वटा सशि विक्री गर्दै आएका छन् ।
बाख्रा पालन ब्यबसायले छोरा÷छोरीको लेखाई पढाई र अन्य घर खर्चको लागी आफुले अरु पेशा गर्नु नपर्ने घन बहादुर सिंह बताउछन् । उनीले बाख्रा पालनको लागि असोज देखि चैत्र सम्मको लागि नियमित बाख्राको गोठाला लाग्नु परेता पनि बैसाख देखि असोज सम्म बाख्रा पाटनमा लगिने भएकोले त्यति दुःख गर्नु पर्दैन भने । जिल्लाको उत्तरी भेकको सबै ठाउमा हिमाली पाटनहरु पर्ने भएको हुदा पशु चौपाए पालन गर्न सकिने बलियो आधार रहेको छ ।
यो बर्ष राज्यले राष्ट्रिय वजेटका आधारमा ४ दशमलव १४ प्रतिशत वजेट कृषिक्षेत्रमा छुट्याएता पनि जिल्लामा आउने कुल वजेटको ६० प्रतिसत जिल्ला कृषि विकास कार्यालयले खर्च गर्दै आएको छ भने ४० प्रतिसत वजेट जिल्ला पशु सेवा कार्यालयले खर्च गर्दै आएको छ ।
३० वटा गाविस रहेको जिल्लामा दल्ली, तिमीले, घरंगा, लिम्सा, सेपुखोला, रग्दा, टालेगाउँ, गर्खाकोट, कोर्ताङ्ग,दशेरा, सिमा, कार्किगाउँ र जतिपुरमा गरि १३ वटा पशु सेवा केन्द्र र दल्ली, लिम्सा, टालेगाउँ, दशेरा, सिमा र जगतिपुरमा गरि जम्मा ६ वटा कृषि सेवा केन्द्र मार्फत किसानहरुलाई सेवा दिदै आईएको छ । परिचालन गरिने बजेट अंकको प्रतिशतलाई हेर्दा जिल्ला पशु सेवा कार्यालयको तुलनामा जिल्ला कृषि विकास कार्यालय निकै तल रहेको देखिन्छ ।
प्रकाशित मिति:
May 31, 2014