राप्रपा अध्यक्ष थापाद्धारा पद त्यागको घोषणा
जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले अध्यक्ष पद त्यागको घोषणा गरेका छन् ।
स्वाथ्यको समस्या देखाउँदै शुक्रबार पत्रकार सम्मेलन गरेर उनले पद त्यागेको जानकारी दिए ।
राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीच पार्टी एकीकरण हुँदा एक वर्षे कार्यकालका लागि अध्यक्ष बनेका थापाले पद छाड्न आनाकानी गरेका थिए । तर पार्टीभित्र व्यापक विरोध भएपछि उनी अध्यक्ष छाड्न तयार भएका हुन् ।
एकता महाधिवेशनको सहमतिअनुसार अब लोकेन्द्रबहादुर चन्द अध्यक्ष बन्ने बताइएको छ । चन्दको कार्यकाल पनि एक वर्षको हुनेछ । त्यसपछि पशुपति शमशेर राण एक वर्षका लागि अध्यक्ष बन्नेछन् । राणपछि डा.प्रकाशचन्द्र लोहनी अध्यक्ष बन्ने छन् ।

प्रकाशित मिति:
May 23, 2014