प्रचण्ड–बाबुराम फुटको सम्भावना बढ्यो
वैशाख २३ विराटनगर । विवादका कारण एकीकृत नेकपा माओवादी दुई गुटमा परिणत भएको छ । विराटनगरमा झण्डै हप्ता दिनसम्म चलेको पार्टीको राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पुष्पकमल दाहाल र पूर्वउपाध्यक्ष डा. बाबुराम भट्टराई औपचारिक रुपमै दुई धारमा परिणत भएका हुन् ।
सम्मेलनको अन्तिम दिन मंगलबार बसेको बन्दसत्रमा अध्यक्ष दाहालले प्रस्तुत गरेको केन्द्रीय सदस्य मध्ये बाबुराम पक्षधर १७ जनाले आफ्नो नाम फिर्ता लिदैं पदमा नबस्ने घोषणा गरेका छन् । लगत्तै अध्यक्ष दाहाल पक्षले भने बाबुराम पक्षलाई बाहिर नै राखेर नया ९९ सय केन्द्रीय समिति गठन गरी अध्यक्षमा दाहाल आफैं बसेका छन् ।
दुई पक्षबीचको विवाद सम्मेलन बहिस्कारसम्म पुग्नुले अब दाहाल र भट्टराई त्यही अवस्थामा रहन नसक्ने समेत देखिएको छ । पार्टीभित्र दाहाल र भट्टराईबीच विवाद रहदै आएपनि यो स्तरको विवाद भने अहिलेसम्म देखिएको थिएन ।
सम्मेलनमा नै भट्टराईसहित अन्य १७ जना नया केन्द्रीय समितिमा सिफारिस नेताहरुद्धारा पार्टी महाधिवेशनसम्म कुनै पनि पदमा नबस्ने घोषणा गर्नु र अध्यक्ष पक्षधरले उनीहरुलाई बाहिर नै राखेर नेतृत्व तथा केन्द्रीय समिति गठन गर्नुले दुई पक्षधरको दुरी झनै बढाईदिएको छ । उनीहरुले संस्थापन पक्ष अब कसरी अघि बढ्छ आफूहरु त्यही अनुसार बढ्ने बताएका छन् ।
सहमतिबाट केन्द्रीय समिति चयन गर्ने क्रममा अध्यक्ष पक्षधरबाट एकलौटी रुपमा प्रस्ताव आएको भट्टराई पक्षधरको भनाई छ र्। उहाहरुले प्रस्ताव ल्याउनु भयो, हामीले सहमति बनाऔं भनेका हा’ैं, भट्टराई पक्षीय केन्द्रीय सदस्य गंगा श्रेष्ठले भनेर्, सहमति हुन नसकेपछि हामीले हाम्रो नाम फिर्ता गरेका छौं ।’
बाबुराम पक्षधरले पार्टीमा व्यवहार समान नभएको र भिन्न मतलाई व्यवस्थाप गर्न नेतृत्व संकीर्ण देखिएको आरोप समेत लगाएका छन् ।
निषेध गर्ने, किनारा लगाउने र सौतेनी व्यवहार गरिएको सहन सकिएन’ भट्टराई पक्षीय अर्का एक नेताले भनेर्, अध्यक्षकै विचार लाद्ने र आफ्नै मान्छे मात्रै ल्याउन खोजेको देखियो, पार्टीमा विधि मापदण्ड नबन्दा र नेतृत्व नसच्चिएसम्म कुनै पदमा बस्दिनौं ।’
यता, अध्यक्ष दाहालले भने सम्मेलन समापन समारोहमा भट्टराई पक्षले संकटको बेला पद अस्वीकार गर्नु राम्रो नभएको बताएका छन् । पद स्वीकार गरेर पुनः नेतृत्वमा आउन आग्रह गर्दै दाहालले टिम एकताबद्ध हुने समयमा बाहिरिनुले आफूलाई नमिठो लागेको समेत उनले बताए ।
मंगलबारका बन्दसत्रले अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र विधानको संशोधित मस्यौदा पारित गरेको थियो ।
पाटी पूर्व बरिष्ठ उपाध्यक्ष डा. भट्टराई, नेता टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल लगायतले सम्मेलनस्थल छाडेपनि दाहालको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति गठन गदैं सम्मेलन सम्पन्न गरिएको थियो ।
प्रकाशित मिति:
May 06, 2014