पत्रकारको नयाँ नेतृत्वका लागि आज मतदान
वैशाख २१ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । महासंघको आगामी नेतृत्वका लागि वामपन्थी पत्रकारहरुको तर्फबाट डा. महेन्द्र विष्ट तथा प्रजातन्त्रवादी पत्रकारहरुको तर्फबाट पोषण केसीको नेतृत्वमा उम्मेदवारहरु मैदानमा छन् ।
बिहान ८ बजेदेखि सुरु भएको उम्मेदवारी दर्ताको समय साढे १० बजेसम्म तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली १२ बजे प्रकाशित गरिने छ भने साँढे १ बजेबाट मतदानको समय तोकिएको छ ।
मतदान साँझ साँढे ५ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ । निर्वाचन सकिएको एक घण्टापछि मतगणना थालिने निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनमा देशभरका १ हजार ६ सय ५१ सभासद सहभागी छन् । उनीहरुले आगामी तीन वर्षका लागि नेतृत्व चयन गर्नेछन् ।
प्रकाशित मिति:
May 04, 2014