कैदी बन्दीबीच कारागारमै खुकुरी हानाहान
वैशाख २४ । सुनसरीको झुम्कास्थित पूर्वाञ्चल क्षेत्रीय कारागारमा रहेका एक कैदीले तीन कैदी बन्दीलाई खुकुरी प्रहार गरेका छन्। ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका हरि राईले सोमबार दिउँसो तीन कैदीबन्दीलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार कैदी राईले कारागारभित्र मुडा बनाइरहेका तीन कैदी बन्दीलाई खुकुरी प्रहार गरेका थिए। लागुऔषध कारोबारमा जेल जीवन बिताइरहेका चित्र कार्कीको गर्धनमा खुकुरी प्रहार भएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
यसैगरी, राईको खुकुरी प्रहारबाट शरीर बन्धक तथा अपहरण मुद्दामा कारागार जीवन बिताइरहेका मनकुमार लिम्बू र डाँका मुद्दाका कैदी भुवन गुरुङ घाइते भएको क्षेत्रीय कारागार कार्यालयका सहायक राजेन्द्र कार्कीले जनाए।
खुकुरी प्रहारपछि कैदी राईलाई पनि अन्य कैदी बन्दीले कुटपीट गरेको कारागारले जनाएको छ। चारै घाइते कैदीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मण गिरीले जनाए।
खुकुरी प्रहार गर्ने कैदी राईलाई केही समयअघि मात्रै केन्द्रीय कारागारबाट क्षेत्रीय कारागार झुम्झा ल्याइएको थियो। सहायक कार्कीका अनुसार राईको मानसिक अवस्था ठीक छैन। डेढ वर्षअघि कारागारभित्रैबाट सुरुङ खनेर कैदीबन्दी फरार भएपछि झस्किएको कारागार प्रशासनले कारागारको नयाँ भवन बनेसँगै आन्तरिक सुरक्षा व्यवस्थामा कडाइ गर्दै आएको जनाएको थियो। रासस

प्रकाशित मिति:
May 07, 2014