• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, Main News, आर्थिक समाचार » निम्न तथा मध्यम वर्गलाई हाउजिङ तथा अपार्टमेन्ट दिने सरकारी तयारी
निम्न तथा मध्यम वर्गलाई हाउजिङ तथा अपार्टमेन्ट दिने सरकारी तयारी

वैशाख २६ । सरकारले निम्न तथा मध्यम वर्गलाई लक्षित गरेर हाउजिङ तथा अपार्टमेन्टको योजना ल्याउने भएको छ ।

व्यवस्थित वसोबासका लागि निम्न वर्गको पहुँच हुने गरी हाउजिङ तथा अपार्टमेन्ट पुर्‍याउने नीति सरकारले ल्याउन लागेको हो ।

सरकारले तयार गरेको १० वर्षे संयुक्र आवास नीतिमा निम्न वर्गलाई लक्षित गरेर तयार गरिएका हाउजिङ तथा अपार्टमेन्टलाई विषेश सहुलियत दिने प्रस्ताव गरेको छ ।

घरजग्गा खरिदका लागि निम्न वर्गमा वित्तीय पहुँच पुर्‍याउन राष्ट्र बैंकमार्फत कर्जाका नीतिहरु अबलम्बन गर्ने शहरी विकास मन्त्रालयले जनाएको छ । त्यसैगरी निम्न वर्गलाई लक्षित गरेर निर्माण गरिएका हाउजिङ तथा अपार्टमेन्ट परिसरमा सरकारले पूर्वाधारको विकास गर्ने छ । 

शहरी विकास मन्त्री डा.नारायण खड्का निम्न तथा मन्धय वर्गलाई लक्ष्य नगरी घरजग्गा व्यवसाय माथि उठ्न नसक्ने भन्दै सरकारले निम्न वर्गलाई लक्षित गरेर निर्माण गरिएका हाउजिङ तथा अपार्टमेन्टलाई सहुलियत दिने नीति अबलम्बन गर्ने बताए ।

चौथो घरजग्गा मेला उद्घाटन गर्दै उनले सरकारले सभ्य, आधुनिक र नेपालको पहिचान झल्किने सहरको विकास गर्न चाहेकाले व्यवसायीहरुलाई सरकारको नीति अनुसार अघि बढ्न आग्रह पनि गरे ।

प्रकाशित मिति: May 09, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |