जलविद्युतमा लगानी गर्ने नर्वेको इच्छा
२६ वैशाख । प्रधानमन्त्री सुशील कोइराला र नर्वेली प्रतिनिधिमण्डलबीच जलविद्युत लगानी सम्बन्धमा परामर्श भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) भएको भेटवार्तामा जलविद्युत लगानीका विषयमा छलफल भएको हो ।
नर्वेकोे अन्तर्राष्ट्रिय जलविद्युत् क्षेत्रको दक्षिणपूर्वी हेर्ने वरिष्ठ उपाध्यक्ष टिमा लायर उट्ने नेतृत्वको प्रतिनिधिमण्डलले नेपालमा लगानी गर्नका लागि प्रधानमन्त्री कोइरालासँग जिज्ञासा राखेको थियो ।
नर्वेली प्रतिनिधिमण्डलले नेपालमा ऊर्जालगायत क्षेत्रमा अपार सम्भावना भए पनि लगानीका लागि अझै उचित वातावरण निर्माण हुन नसकेको विचार राखेको थियो ।
प्रधानमन्त्री कोइरालाले भने दोस्रो संविधानसभाको निर्वाचनपछि नेपाल शान्ति र स्थायित्वतर्फ उन्मुख भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको थियो । भेटवार्तामा नेपालका लागि नर्वेली राजदूत जेल टर्माेड पिटर्सन, हिमाल पावर लिमिटेडका महाप्रबन्धक टम क्रिस्चियन लर्सन र निर्देशक सन्दीप शाहको सहभागिता थियो । रासस

प्रकाशित मिति:
May 09, 2014